बागलुङ, ९ बैशाख–म्याग्दीका सर्जक सरोज रावलको मुक्तक संग्रहको शनिवार बागलुङ बजारमा बिमोचन भएको छ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङ्गको आयोजनामा बागलुङ्गमा आयोजित पुरस्कार वितरण तथा गाथा मुक्तक संग्रहको बिमोचन गरिएको हो । अनलाईन गजल प्रतियोगितामा मार्फत उत्कृष्ट १० जनालाई पुरस्कार वितरण गर्दै मुक्तक संग्रहको बिमोचन गरीएको मञ्चका अध्यक्ष जयन्ती शर्माले बताईन् ।
उत्कृष्ट १० जना गजलकारलाई कबि भुपिन र पोखरा बालगुङ्ग ईजलासका मुख्य न्यायाधिस शेसराज सिवाकोटी र अन्र्तराष्ट्रिय गजल प्रतिष्ठानका संयोजक आवाज शर्माले पुरस्कार वितरण गरेका थिए भने म्याग्दीका सर्जक रावलको मुक्तक संग्रहको बिमोचन राजलकी माता देबी कुमारी रावलले गरेकि थिईन् । कार्यक्रममा बोल्दै कबि भुपिन श्रेष्ठले कला साहित्य र संस्कृतिको जर्गेना गर्नका यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा पोखरा बागलुङ्ग ईजलासका मुख्य न्यायाधिस शेसराज सिवाकोटी, अन्र्तराष्ट्रीय गजल प्रतिष्ठानका संयोजक आवाज शर्मा, रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटा, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशन, धौलागिरी कला तथा साहित्य मञ्चका सल्लाकार एबं म्याग्दीका सर्जक राम प्रसाद सुबेदी, नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष र सचिव राम थापा अबिरल लगायतले शुभकामना मन्तब्य सहित सृजना बाचन गरेका थिए ।
कार्यक्रममा सर्जकहरु भरत बागलुङ्गे, तारा शर्मा स्टार, शिव सस्मीप, गुणराज पौडेल, कोपिला कंडेल, राजन प्रभात, राजेन्द्र ढकाल, मनिष गौतम, बिष्णुराज पौडेल, ऋषिराम गौतम, राम बहादुर महत कमला आचार्य, तनमती पुन, निर्मल पौडेल, दिनेश बिकल्प लगायतले सृजना बाचन गरेका थिए । कार्यक्रम धौलागिरी कला तथा साहित्य मञ्चका अध्यक्ष जयन्ति शर्माको अध्यक्षता, मञ्चका गोबिन्द सुबेदीको स्वागत मन्तब्य र सचिव प्रेम मगरको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleअवको आवश्यकता नयाँ संकल्पसहित समृद्धिको यात्रा–सांसद बुढा
Next Article जन्मगाउँले गर्यो सपुतलाई सम्मान