थम्मन थापा
बागलुङ, ९ वैशाख –बागलुङको क्षेत्र नं २ (क) का सांसद चन्द्रबहादुर बुढा सागरले नयाँ संकल्प सहितको समृद्व समाज अबको आवश्यकता भएको बताएका छन् । समृद्ध समाजको निर्माणका लागि युवाहरुको महत्वपुर्ण भुमिका हुन भन्दै सांसद बुढाले रचनात्मक आर्थिक विकासमा युवाहरु लाग्नुपर्नेमा जोड दिए । न्यू नव ज्योति युवा कल्व गल्कोट नगरपालिका ७ आँगाखेत बामियाको २० औं वार्षिकोत्सव समारोह समापन समारोहलाई सम्बोधन गर्दै बुढाले यस्तो बताएका हुन । युवाहरु नयाँ संकल्प सहित एकिकृत बन्दै समृद्व समाज निर्माणमा लाग्नु पर्ने भन्दै सांसद बुढाले गलकोट नगरपालिका वडा नं ७ बाटै यो अभियानको सुरुवात गर्न आग्रह गरे । बुढाले वडामा बहुउपयोगी खेलमैदानको आवश्यकता रहेको भन्दै जनप्रतिनिधि र सरोकारवालाले यसको निर्माणमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर शिक्षा, युवा तथा खेलकुद अधिकृत प्रकाश ओझा, घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश, पार्वती माध्यमिक विद्यालय चरांैदीका प्रधानाध्यापक हेम बुढाथोकीले शुभकामना मन्तव्य राख्नु राखेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जुना श्रीस मगर, राजन कार्की, ईश्वर सिंह लगायतले आफना सांगितिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलाको अवसरमा आयोजित साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु ५१ हजार १ सय ५१ हात पार्दै न्यू नवज्योति युवा कल्व आयोजक टिम ए प्रथम र ओपिसी दुदिलाभाटी भैंसे द्वितिय भएका छन ।
त्यस्तै सामुहिक नृत्य प्रतियोगिता तर्फ द फर्स्ट स्टेप्स दि एकेडेमी अफ डान्स हटिया प्रथम र गलकोट माध्यमिक विद्यालय हटिया द्वितिय भएका छन भनें पुरुष रस्साकसीमा आयोजक टिम ए प्रथम र आयोजक टिम बि द्वितिय भएका छन यता महिला रस्साकसीमा चिसापानी आमा समुह बामिया प्रथम र सिर्जनशिल आमा समुह आँगाककखेत द्वितिय भएका छन । कार्यक्रम न्यू नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षता, कोषाध्यक्ष टेकनाथ गौतमको स्वागत र संस्थापक सचिव विर बहादुर चोखाल र सदस्य सरिता रामदामको सञ्चालनमा सम्पन्न भएको थियो ।
अवको आवश्यकता नयाँ संकल्पसहित समृद्धिको यात्रा–सांसद बुढा
Previous Articleभर्ना अभियानको नयाँ तरिका, पुस्तक बाँडेर अभियान सुरु
Next Article रावलको “गाथा” मृक्तक संग्रह विमोचन