बागलुङ, ८ बैशाख–दुई बर्ष भित्रमा देशका सबै नागरिकलाई साक्षर बनाउने अभियान अन्तरगर्त सुरु भएको भर्ना अभियानमा बागलुङमा पनि बिभिन्न बिद्यालय तथा संघ संस्था र सामाजिक व्यक्तिहरुले अभियानलाई साथ दिईरहेका छन् ।
भर्ना अभियानमा सहभागीहुनेहरुले कसैले अभिभावकत्व ग्रहण गरेर त कसैले बिद्यालय बाहिर रहेका बिद्यार्थीको घर घरमै पुगेर बिद्यार्थीलाई बिद्यालय आउन आग्रह गरिरहेका छन् । अभियान अन्तरगर्त बागलुङको जैमिनी नगरपालिका ४ मा रहेको एक बिद्यालयले भने फरक तरिकाले भर्ना अभियान सुरु गरेको छ ।
बैशाखको पहिलो साताको अन्तिम दिन शुक्रबार बिद्यालयमा भर्ना हुन आएका बिद्यार्थीहरुलाई पुस्तक बितरण गर्दै जनता माध्यामिक बिद्यालयले भर्ना अभियान सुरु गरेको हो । बिद्यालय परिसरमा आयोजना गरिएको एक समारोहका बिच वडा अध्यक्ष चक्रबहादुर थापाले बिद्यार्थीलाई पुस्तक बितरण गरेर बिद्यालयको भर्ना अभियान सुरु भएको घोषण गरेका थिए । बिद्यार्थी भर्ना भएको लामो समय सम्म पनि पाठ्यपुस्तक उपलव्ध नहुने समस्या समाधान होस भन्ने द्देयले पुस्तक बितरण गरेर भर्ना अभियानको थालनि गरेको वडाअध्यक्ष थापाले बताए । ‘भर्ना अभियान चलाएर बिद्यालयमा बिद्यार्थी पु¥याउनु एउटा जिम्मेबारी हो’ वडाअध्यक्ष थापाले भने ‘भर्ना भएका बिद्यार्थीलाई समयमा पाठ्य पुस्तक उपलव्ध होस भन्ने हेतुले पुस्तक बितरण गरेर अभियान थालेका हौं ।’ थापाले विद्यालय जानबाट कोही बन्चित भए तुरुन्त खबर गर्न र विद्यालयमा भर्नाको लागि सहयोग पु¥याउन अनुरोध गरेका थिए ।
भर्ना अभियानले बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालयमा ल्याउने र भर्ना भैसकेका बिद्यार्थीलाई पठनपाठन गर्ने सहज वातावरण सिर्जना गर्न नयाँ तरिकाले अभियानको सुरुवात गरेको बिद्यालय स्रोतले जनाएको छ । कार्यक्रममा वडा सदस्य हिरादेवी शर्मा, विद्यालय वयवस्थापन समितिका सदस्य शान्ती थापा, तोजा क्षेत्री, शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराज शर्मा, सदस्य दलबहादुर शाही, लगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमलादेवी चालिसेले गरेकी थिईन् ।