बागलुङ, ८ बैशाख– जिल्लाको जैमिनी नगरपालिकामा स्थाई घर भइ बिभिन्न कामको शिलशिलामा काठमाण्डौमा बस्दै आएका जैमिनी बासीको शनिवार सम्पन्न भेलाले हरि आचार्यको अध्यक्षतामा १५ सदस्यीय जैमिनी सेवा समाज काठमाण्डौ गठन गरेको छ । जैमिनी नगरको आर्थिक तथा सामाजिक बिकासमा सघाउ पु¥याउन भन्दै सेवा समाज गठन गरिएको नव निर्वाचित अध्यक्ष हरि आचार्यले बताए ।
समाजको उपाध्यक्षमा चिरञ्जिवी शर्मा, सचिवमा देवी शर्मा , सह–सचिवमा बुद्धमयाँ श्रीष, र कोषध्यक्षमा रामचन्द्र आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सेरबहादुर बिक, दल बहादुर पुन, दिपक पौडेल, आनन्द ढुंगाना, केशव शर्मा, बिष्णु आचार्य, कमला कुमारी शर्मा, इन्दिरा सापकोटा, कृष्ण पौडेल र मेलीना पुन चयन भएका छन् । सेवा समाजको कानुनी सल्लाहकारमा नेत्र आचार्य, हिमलाल गिरी र बद्रि प्रसाद शर्मालाई चयन गरीएको जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले बताए ।
जैमिनीको बिकासको कामलाई सघाउ पु¥याउन भन्दै जैमिनी सेवा समाजको परिकल्पना गर्ने परिकल्पनाकारको रुपमा हरी आचार्य, केशब शर्मा र केशब राज शर्मा लाई परिकल्पनाकारको रुपमा चयन गरीएको छ ।सेवा समाजको काठमाण्डौमा सम्पन्न भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा बागलुङ क्षेत्र नं १ का सांसद डा. सुर्य पाठकले कामको शिलशिलामा देश बिदेशमा जहाँ गएपनि आफ्नो जन्म भुमी र जन्मस्थाको बिकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
देश नयाँ संघिय संरचनामा गएसँगै बनेका संरचनाको आधारमाबनेका सेवा मुलक संस्थाहरुले संघियताको मर्ममा रहेर काम गर्नुपर्ने भन्दै पाठकले राज्यले ल्याएका बिकास निर्माण र जनताका सरोकारका बिषयमा सेवा मुलक संस्थाहरुले राज्यलाई सघाउनुपर्ने बताए । सरकारले आँफुले चाहेर मात्रै सबै काम गर्न नसक्ने भन्दै पाठकले सरकारका निती तथा कार्यक्रमलाई सघाउ पु¥याउन सामाजिक संस्थाहरुको भुमिका महत्वपुर्ण हुने बताए ।
उनले जैमिनी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नुपर्ने भन्दै बागलुङ सदरमुकामदेखी जैमिनीको केन्द्र र शान्तिपुर सम्मको बाटो पक्कि बनाउन मन्त्रालय स्तरमा पहल भैरहेको समेत बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्मा, वलावती शर्मा, नेपाली कांग्रेसका महाधिबेश प्रतिनिधि भिम श्रीष, प्रध्यापक डाक्टर चन्दराज सापकोटा, प्रध्यापक डाक्टर ढुण्डीराज पौडेल, पुर्व सचिव महाश्रम शर्मा, जैमिनी नगरपालिकाका उप–प्रमुख लिला राना लगायतले सम्बोधन गरेका थिए । सेवासमाजका परिकल्पनाकार तथा नवनिर्वाचित अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य केशवराज शर्माले गरेका थिए ।
Previous Articleसकियो पहिलो ढोरपाटन् महोत्सव, व्यापार मेला शनिवार सकिँदै
Next Article भर्ना अभियानको नयाँ तरिका, पुस्तक बाँडेर अभियान सुरु