पर्वत, ७ बैशाख– दलित महिलाहरुलाई आफ्ना धारण निर्धक्क सँग राख्न सक्ने वातावरण सिर्जना गर्न भन्दै यहाँको एक वडा कार्यालयले शुक्रबार एक दिने नेतृत्व विकास तथा वाक कला तालिम सम्पन्न गरेको छ । पर्वतको सदरमुकाममा रहेको कुश्मा नगरपालिका वडा नं ६ वडा कार्यालयले दलित महिलाहरुका लागि नेतृत्व बिकास तथा वाक कला तालिम सम्पन्न गरेको हो ।
तालिमको उद्घाटन गर्दै नेकपा एमाले पर्वतका युवा नेता तथा रेडियो कुशुम सञ्चालक समितीका अध्यक्ष गोविन्द पहाडिले महिलाहरु आफ्नो अधिकार र राज्यले दिने सुबिधाका बिषयमा सचेत हुनुपर्नेमा जोड दिए । राज्यले दलित, जनजाती, महिला, बालबालिका तथा पिछडिएको समुदायको लागि लामो समय देखी दिँदै आएको सुबिधा राज्यको पुनः संरचनापछि स्थानिय तहहरुले बेवास्ता गरेको भन्दै पहाडीले अव सुबिधाको बिषयमा स्मरण गराउनुपर्ने बेला आएको बताए । कार्यक्रममा पर्वत पर्यटन प्रबर्धन केन्द्रका संयोजक शिव पौडेल, उद्योग बाण्ज्यि संघ पर्वतका पुर्व सदस्य गोपि अधिकारी लगायतले बोलेका थिए ।
स्थानिय सामुदायीक एफ.एम रेडियो कुशुमको समुन्वयमा सञ्चालन भएको तालिममा वडा भित्रका २० जना महिलाहरु सहभागी भएको वडाअध्यक्ष रुद्र गिरीले जानकारी दिए । ‘हामिले कम्तीमा दलित महिलाहरुले निर्धक्क भएर आफ्ना कुरा राख्न सकुन भन्ने हेतुले तालिमको आयोजना गरेका हौं’ गिरीले भने ‘भौतिक बिकासका काम धेरै भए तर मानव बिकासका काममा हामिले पहिलोपटक ध्यान केन्द्रित गर्दै छौं ।’ गिरीले तत्काल देखीने गरी नतिजा नखोजी दिर्घकालिन नतिजाको अपेक्षा सहित तालिमको आयोजना गरेको बताए । तालिमको पत्रकार तारानाथ आचार्य, कृष्ण अंखेली, अर्जुन थापा लगायतले सहजीकरण गरेका थिए । वडा अध्यक्ष रुद्र गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन रेडियोका स्टेशन प्रमुख कृष्ण अखेलीले गरेका थिए ।
Previous Articleविपन्नको बालकको अभिभावक भयो कर्मचारी संगठन
Next Article यसरी गरिन्छ ढोरपाटनमा झारल र नाउरको शिकार