बागलुङ, ७ बैशाख–नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति बागलुङले एक जना विपन्न विद्यार्थी भर्ना गरी अभिभावकत्व ग्रहण गरेको छ । समितीले बानपा २ का ८ बर्षिय छात्रा गोकुल नेपालिीलाई रुद्रेपिपल माध्यामिक बिद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुवाट शुरुवात गरेको भर्ना अभियानलाइ आत्मसाथ गर्ने क्रममा समितिले रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा एक समारोहको आयोजना गरी अभिभावकत्व ग्रहण गर्दै भर्ना गरेको हो ।
नेपालीलाइ भर्ना गर्दै विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरी संगठनको तर्फवाट नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष राम प्रसाद उपाध्यायले भर्ना रजिष्टरमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा बोल्द बागलुङ क्षेत्र नं १ (क)का सांसद इन्द्रलाल सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुवात गरेको विद्यार्थी भर्ना अभियानलाइ सफल पार्न नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङले समेत अभिभावकत्व लिएर उल्लेखनीय कार्य गरेको उल्लेख गरे ।
सापकोटाले यो अभियान संचालनमा राजनीतिक नेता कार्यकर्ता, शिक्षक, कर्मचारी सवै लाग्नुपर्ने कुरामा जोड दिए । सरकार तथा सरोकारवालाहरुले शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राख्नुपर्ने र कोही बालवालिका विद्यालय वाहिर वस्नुपर्ने अवस्थाको अन्त्य गर्न सके मात्र सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियान सफल हुनेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवं आधिकारिक कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरे, निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगको सचिवालय सदस्य ममतादेवी शर्मा, युवा परिषद कार्यालय बागलुङका उपसचिव कुश्मराज उपाध्याय, रुद्रेपिपल माविका प्रधानध्यापक राजेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता राम प्रसाद उपाध्याय र संचालन सचिव श्याम कुमार थापाले गरेका थिए ।