बागलुङ, ७ वैशाख – गायक सूर्य खड्काले परदेशबाट गीत ल्याउने क्रममा नयाँ पञ्चेबाजा गीत बागलुङ पञ्चकोट भर्खर मात्र बजारमा ल्याएका छन । रोजगारीको शिलशिलामा जापान पुगेका बागलुङ नगरपालिका- ६ का बिष्णु सापकोटा र गायक सूर्य खड्काले जापान देखि सर्जक शिब अखेली र मोडल सारिका केसीलाई “बाग्लुङ पञ्चकोट”मै पुगेर भिडियो छायाँकन गर्न लगाए पछि गएका उनिहरूलाई गीत संगीतलाई अत्यन्तै माया गर्ने र धार्मिक तथा पर्यटकिय स्थल पञ्चकोटको समितीमा समेत रहेकी प्रिती गौतमले सहयोग गरेकी थिईन ।
शिब अखेलीको शब्द,सूर्य खड्काको लय रहेको पञ्चेबाजा गीतमा सूर्य खड्का र शान्ती श्री परियारको स्वर रहेको छ भने प्रकाश भट्टको निर्देशनमा चर्चित मोडल सारिका के.सी / लक्ष्मण खत्री र बिष्णु सापकोटाको अभिनय रहेको छ भने बासु बरालको छायाँकन साथै बिष्णु शर्माले सम्पादन गरेका छन ! बागलुङ पञ्चकोटदेखि देखीने बिभिन्न रमणीय दृष्यहरूलाई कैद गरिएको छ | हेर्नुहोस भिडियो
Previous Articleमालिन्डो एयरको विमान धावनमार्गबाट चिप्लियो
Next Article यातायात व्यवसायीबाट यसरी हुन्छ अर्बौं कर छली