काठमाडौँ, ७ वैशाख – काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएकोले अवतरणको लागि अाएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन एयरलाइन्सको विमानमध्ये तीन वटा कलकत्त र एउटा दिल्ली डाइभर्ट गरिएको छ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मालिन्दोएयरको विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न सुरु गरिएको छ। यात्रुहरु बाहिरनिकालिएपछि मात्र विमानस्थल खोल्ने उनले बताएका छन्। काठमाडौंबाट उड्नु पर्ने सात वटा उडान पनि प्रभावित भएको छ । विमानस्थल स्रोतका अनुसार कुल १६ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । के कारणले उक्त विमान रनवेभन्दा बाहिरपुगेको भन्ने बारेमा जानकारी हुन सकेको छैन। विमानभित्र के कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी आएको छैन। उक्त विमान काठमाडौंबाट ९.४५ मा उड्नु पर्ने थियो।
Previous Articleअनिल साह सिंगापुरको एलिट प्लेयर टी-२० सिरिज खेल्ने
Next Article बागलुङ पञ्चकोट पञ्चेबाजा गीत बजारमा