बागलुङ, १ बैशाख– नयाँ बर्षको अवसर पारेर बागलुङका दुई सर्जकले लोक गीतको नयाँ एल्बम बजारमा ल्याएका छन् । नेपाली युवाहरुले बिदेशमा भोग्नु परेको पिडाको बिषयलाई समेटेर बनाईएको गीति एल्बम ‘यस्तै छ बाबा’ बजारमा आएको हो । बागलुङे सर्जक प्रेम सापकोटा ‘सोनु’ र दिपक कँडेलले संयुक्त रुपमा बजारमा ल्याएको लागेको उक्त एल्बम बैशाखकोे पहिलो साता बजारमा आउन लागेको हो ।
रोजगारीको शिलशिलामा जापानमा रहेका सर्जकहरुले आँफुले बिदेशमा भोगेको समस्या र सारा नेपालीको यथार्थलाई गीतको माध्यामबाट उजागर गर्न खोजेको बताए । बिदेशमा रहेका परिवार तथा साथीभाईले आशा गरेको जस्तो कमाई र काम हुन नसक्दा आफन्तसँग गरिएको बिलौनालाई गीतका शब्दहरुमा समाबेश गरिएको शब्द संकलक दिपक कँडेलले बताए । ‘हामीले सारा नेपालीले बिदेशमा पाउने दुःखको बिषयलाई उठान खोजेका छौं’ कँडेलले भने ‘बिदेशमा पैसाको रुख देख्ने हरुलाई दुखको सागर बुझाउन यो गीत बजारमा आएको हो ।’ गीतमा पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा चर्चित कलाकार पशुपती शर्मा र प्रेम सापकोटा ‘सोनु’ले आवाज दिएका छन् । दिपक कँडेलको शव्द रहेको गीतमा सानुको लय संकलन रहेको छ । डिजिटल मिडियामार्फत सार्वजनिक गर्न लागिएको गीतको अन्तिम तयारी भैरहेको र बैशाखको पहिलो साता बजारमा आउने सापकोटाले बताए ।
जापानमा दुःख गरेर कमाएको पैसा गीतमा लगानी गरेर समाजमा चेतना फैलाउने अभियानमा एकसाथ रुपमा लागेको सापकोटाको भनाई छ । यसैबीच, भारतीय सेनामा कार्यरत यहाँका एक सर्जकको लय शब्द रहेको नयाँ लोकदोहोरी गीत ‘ज्यानकै बाजी’ बजारमा आएको छ । बागलुङे सर्जक नरेश बोहोराको शव्द र लय रहेको उक्त एल्बम बजारमा आएको हो । माया प्रेममा आधारित शब्दहरु रहेको एल्बममा बिष्णु खत्री, र जमुना श्रीषको आवाज रहेको छभने सिजन म्युजिकले उक्त गीतको बजार व्यवस्थापन गरेको छ ।
युट्युव च्यानलमार्फत पहिलोपटक सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो समेत निर्माण भैसकेको बोहोराले जानकारी दिए । प्रेम सापकोटा ‘सोनु’ को निर्देशनमा निर्माण भएको भिडियोमा सापकोटा आँफै देखीएका छन्भने दिपक कँडेल र गुञ्जन लोहोनीले जिवन्त अभिनय गरेका छन् ।