बागलुङ, १ वैशाख -निजी क्षेत्रको संचार प्रदायक संस्था एनसेलले फ्युल योर फन योजना अन्र्तगत ग्राहकका लागि अल टाईम डाटा प्याकलाई थप सुलभ बनाउँदै डाटा प्याक ल्याएको छ । सही डाटा प्याकमा ग्राहकले विद्यमान अल टाईम डेटा प्याक भन्दा १० गुणा बढी डाटा पाउने र चौविसैघण्टा ईन्टरनेटमा पहुँच बढ्ने बताइएको छ । चैत २९ गते देखि लागू भएको यो डाटा एनसेलका ग्रहकले आधा जिवि देखि १५ जिवि सम्मको १ देखि ३० दिन सम्मको अवधिमा चौविसैघण्टा चलाउन सकिने बताइएको छ । त्यस्ता प्याकेजका लागि ३९ रुपैयाँदेखि ७ सय ९९ रुपैयाँसम्म पर्नेछ । सही डाटा प्याक एनसेलको टु जी, थ्रि जि तथा फोर जी सबै नेटवर्कमा मान्य हुनेछ । ग्राहकले आवस्यकता हेरेर डाटा लिन पाउने व्यवस्था मिलायएको छ । मोवाईल डाटाको बढ्दो मागलाई सहज बनाउन अझ सुलभ दरका अन्य डाटा ल्याउने योजना एनसेलले बनाएको जनाएको छ ।
Previous Articleनयाँ वर्षमा ‘यस्तै छ बाबा’(भिडियो सहित)
Next Article शुभकामना आदानप्रदान