बागलुङ, १ वैशाख -मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले नयाँ बर्ष २०७५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा प्रदेशसभा सदस्य मणीभद्र शर्मा कंडेलले नेपाली जनतालाई स्वास्थ्य र शिक्षाको अवसर निशुल्क हुनुपर्नेमा राज्यले उपलब्ध नगराउँदा गरिव जनताले महंगो स्वास्थ्य सेवा भोग्नु परेको बताए । उनले निजी क्षेत्रले दिएका सेवाबाट जनताले स्वास्थ्य उपचार पाइरहेको भन्दै राज्यले जनताको हितमा स्वास्थ्यसेवाका प्याकेज ल्याउनुपर्ने बताए । स्वास्थ्यलाई संवेदनशिल बिषय भन्दै उनले प्रभावकारी काम गर्न सेवा प्रदायक संस्थालाई आग्रह गरे । कार्यक्रममा पूर्व मन्त्री चम्पा खड्का, कांग्रेस सभापति दिपेन्द्र बहादुर थापा, धौलागिरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रामजी प्रसाद सुवेदी, मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारी, समाजसेवी देवबहादुर श्रेष्ठ र काठेखोला गाउँपालिका १ का अध्यक्ष खड्ग थापाले शुभकामना व्यक्त गरेका थिए ।