बागलुङ, १ वैशाख-निसीखोला गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा निसीखोला गाउँपालिकाको योजना, गतिबिधी, नीति नियम, संशोधित ऐन बिधान लगाएतका १५ बुँदे कानुन पारित गर्दे सभा सम्पन्न भएको हो । सभाले निसीखोला गाउँपालिका पदाधिकारीको आचारसंहिता, गाउँपालिकाको बिपद ब्यबस्थापन तथा सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका, करारमा प्राविधिक कर्मचारी ब्यबस्थापन सम्बन्धि कार्यविधि, घ बर्गको निर्माण ब्यबसायी ईजाजत पत्र सम्बन्धि कार्यविधि, प्रशासकिय कार्यविधि, निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण, कृषि व्यवसाय प्रर्बदन सम्बन्धि कानुन पारित गरेको छ ।
त्यस्तै स्थानिय तहको उपभोतmा समिती गठन तथा परिचालन ब्यबस्थापन, शिक्षा नियमावली, राजपत्र प्रकाशन कार्यविधि, सहकारी ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, गाउँसभा सञ्चालन कार्यविधि र न्यायिक समितीले उजुरीको कार्वाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको व्यवस्था सम्बन्धमा बनेको ऐनका बुँदामाथि आवस्यक छलफल र अन्तक्रिया गर्दे सर्वसम्मत रुपले सभाले कानुन पारित गरेको र आगामी दिनमा गाउँपालिकाले थप कानुन, नीति नियमलाई परिमार्जित गर्दे जाने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका अवसरमा गाउँपालिका प्रमुख पौडेलले राज्यले स्थानीय तहको मातहतमा सबै जिम्मा सुम्पिए पनि आवस्यक ऐन, अधिकार र कानुन प्रदेश र केन्द्रिय तहबाटै पारित भईनसकेका कारण आफुहरुलाई काम गर्न अझै समस्या रहेको बताएका थिए । कार्यक्रममा गाउँपालिका उपप्रमुख शोभाकुमारी कार्कीले ऐन कार्यविधि, संशोधित कार्यविधि, सञ्चालित बजेट योजना लगाएतका बिषयमा प्रकाश पारेकी थिईन । लेखापाल भिमसेन थापाले आर्थिक गतिबिधीको बिषयमा प्रकाश पारेका थिए ।
Previous Articleसडक विस्तारमा घरगोठको अवरोध
Next Article करको दायरामा नआए कार्वाही गरिने