पर्वत, ३० चैत– जिल्लामा असिनापानीले करोडौँ मुल्य बरावरको फलफूल तथा अन्नबाली नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । सोमवार दिउँसो र बेलुकी परेको असिनापानीले जिल्लाका कृषिमा पकेट क्षेत्र मानिने जलजला र मोदी गाउँपालिका त्यस्तै कुस्मा नगरपालिकाका केही स्थान र फलेवासमा करोडौँ मुल्य बरावरको फलफुल र तरकारीमा क्षति गरेको हो । केही दिनअघि जिल्लाको जलजला गाउँपालिका अन्र्तगत बाँसखर्क, धाइरिङ, शालिजा, लेखफाँट र नाङलीबाङमा परेको असिनाले १५ करोड रुपैयाँभन्दा बढीको तरकारी र गहुँबाली नष्ट गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारीको पकेट रहेको छ । समुद्री सतहदेखि उच्च भागमा रहेको उक्त गाउँपालिकाका करिब ८० प्रतिशत कृषकहरु मौसमी तथा बेमौसमी तरकारी खेतीमा आकर्षित छन् । जिल्ला कृषि विकास कार्यालय पर्वतका अनुसार, अघिल्लो साता मात्रै आलु खेतीमा १७ करोडको क्षति, गहुँ, मकै, जौ खेतीमा ८८ लाख, सुन्तला ५० लाख, तरकारी ४३ लाख, गोलभेडा, काँक्रोको बीउ २२ लाख, आँप, लिची कागतीमा १८ लाख, पु¥याएको वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार, फलेवास नगरपालिका–१ देखि ९ सम्म, जलजलाको वडा नं १ देखि ७ सम्म र कुस्मा नगरपालिका तथा पैयुँ गाउँपालिका ५ मा असिनाले क्षति पु¥याएको हो । खडेरीले खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिनापानीले अझ नष्ट गरेपछि कृषक निरास बनेका छन् । कृषकले राहतको व्यवस्था र बाली बिमा कार्यक्रम कार्यान्वयनको माग गरेका छन् ।
Previous Article२०७४ चैत ३० गते शुक्रबारको राशिफल
Next Article बालबालिका लागू औषध दुव्र्यनमा फस्दै