बागलुङ, २८ चैत– नयाँ शक्ति पार्टी नेपाल बागलुङको बिस्तारित बैठक मंगलबार बागलुङ बजारमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नयाँ शक्तिका नेता तथा प्रदेश इन्चार्ज रुद्र गुरुङले ‘नयाँ शक्तिको सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा अपहरण भएकाले यसको स्वामित्व पार्टिले लिनुपर्नेमा जोड दिए । देशमा धेरै खालका परिवर्तन भैसकेकाले अबको कार्यदिशा आर्थिक समृद्धिको हुने भन्दै गुरुङले समृद्धिको यात्रामा सबै एकसाथ अगाडि बढ्नु पर्ने बताए ।
बैठकले जिल्ला समन्वय परिषदको अधिबेशनको लागि चित्र सापकोटाको संयोजकत्वमा ६३ सदस्य रहेको अधिबेशन आयोजक समिति गठन गरेको छ । आयोजक समितीको बैठकमार्फत अधिबेशनको मिति टुंगो लगाउने गरी समिति गठन भएको प्रशिक्षण तथा प्रचार–प्रसार विभागका संयोजक कृष्ण सापकोटाले बताए । त्यस्तै बैठकले पार्टिका भातृ संगठन तथा संगठन बिभागका प्रमुखहरुको समेत जिम्मेबारी तोकेको छ ।
राष्ट्रिय मामिला संयोजकमा नरबहादुर पुन, राष्ट्रिय युवा अभियानमा कृष्ण शर्मा, नयाँ शक्ति बिद्यार्थी युनियनमा बिबेक जिसी, महिला शक्ति महासंघमा निमा श्रीष गुरुङ, मजदुर महासंघमा खेमराज पौडेल (आकाश) दलित शक्ति नेपालको संयोजकमा ढाकाराम परियारलाई जिम्मेबारी तोकिएको छ । त्यस्तै उत्पादन तथा स्वरोजगार बिभागमा टेकबहादुर केसी संगम, प्रशिक्षण तथा प्रचार प्रसारमा कृष्ण सापकोटा, कार्यालय व्यवस्थापनमा बाबुकाजी केसी र उद्योग बाणिज्य तथा व्यापारमा महेन्द्र शर्मा, किसान महासंघमा नारायण शर्मालाई संयोजकको रुपमा तोकिएको नयाँ शक्ति बागलुङले जनाएको छ । कार्यक्रममा देशको आर्थिक विकासका लागि युवा शत्तिको भुमिका तथा लुम्बिनी बैठकको भाब सम्प्रेषण गरिएको थियो ।