बागलुङ, २८ चैत– सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो ९ औं स्थापना दिवस विविध कार्यक्रमहरु गरी मनाएको छ । बागलुङमा रहेको केन्द्रिय कार्यालय तथा जिल्लाभर रहेका ७ वटा सदस्य सेवा केन्द्रहरुमार्फत स्थापना दिवस मनाईएको हो । सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरुका साथ स्थापना दिवस मनाईरहेको सन्दर्भमा मंगलबार संस्थाले मुल समारोहको आयोजना गरेको थियो ।
मुल समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी संस्थाका संरक्षक वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलले सहकारीको माध्यमबाट गरिब, विपन्न तथा पछाडि पारिएका वर्गहरुमा आर्यआर्जनका अवसरहरु सिर्जना र आम्दानीका श्रोतहरुको खोजी गर्नुपर्नेमा जो दिए । कार्यक्रममा संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, बद्रीप्रसाद शर्मा, जिल्ला सहकारी संघका सीता शर्मा, जिल्ला तरकारी उत्पादक सहकारी संघ लि. बागलुङका अध्यक्ष पार्वती आचार्य, तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किरण थापा, सर्वेश्वर साकोस भरतपुरका गणेशराज लामीछाने, सञ्चालकहरुको तर्फवाट सिता शर्मा सापकोटा, ग्रिनकार्ड होल्डरहरुको तर्फबाट चुडामणि आचार्य, शेयर सदस्यहरुको तर्फबाट विष्णु सापकोटा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
स्थापना दिवसका अवसरमा संस्थामा असल ऋण कारोवार गर्ने ४४ जना सदस्यहरुलाई असल ऋणी परिचय–पत्र (ग्रीन कार्ड) प्रदान गरिएको छ । त्यस्तै संस्थाले सहकारीहरु विचको आपासी सहयोगलाई मध्येनजर गर्दै तित्याङस्थित तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. लाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत तथा संस्थाको बारेमा जानकारी प्रवन्धक नवराज शर्मा र सञ्चालन सञ्चालक ताराबहादुर विकले गरेका थिए ।
Previous Articleआन्तरिक पर्यटकको गन्तव्य बन्दै गल्कोटको निलुवा लेक
Next Article नयाँ शक्तिको विस्तारित बैठक संयोजकमा सापकोटा चयन