बन्द भएको २६ बर्षपछि बलेवामा नियमित सञ्चालनमा आएको बिमान सेवाका बिषयमा यतिबेला धौलागिरीका सर्वसाधारणको बीचमा एक हिसाबको जुहारी चलेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै बिमानस्थल सञ्चालनका बिषयमा आएका सकारात्मक तथा नकारात्मक दुवै प्रतिक्रियालाई हेर्दा लाग्छ यो समाज विकासको बाटो खोज्ने भन्दा धेरै पर जसको बाटो खोजिरहेको छ । बिमानस्थल सञ्चालनका लागि बागलुङ नगरपालिकाले लिएको बित्तिय जोखिमको बहन गर्ने सम्झौता र जहाजको भाडा दरका बिषयमा जोडतोडका साथ आवाजहरु उठिरहेका छन् । केहीले यो बिमानस्थल सञ्चालनले धौलागिरीको सान बढाएको बन्दै नगरपालिकाले गरेको निर्णयको बचाउ गरिरहेका छन्भने केहीले हतारमा गरेको निर्णयका कारण नगरपालिकाले निकै ठुलो आर्थिक भार व्यहोर्नु पर्ने कुरालाई प्रमुखताका साथ उठाउँदै प्रतिपक्षको भुमिका अर्थात बिरोधको आवाज उठाईरहेका छन् ।
तुलनात्मक रुपमा यो बिमानस्थल सञ्चालनको बिषयमा बचाउ गर्ने भन्दा यसको धज्जी उडाउने खालका अभिव्यक्तिहरु बढि बाहिर आएको पाईएको छ तर त्यस्ता खालका अभिव्यक्तिहरु सोझै बिरोध गर्ने भन्दा घुमाउरो हिसाबले बिरोधको गन्ध छरिरहेका छन् । बिमानस्थल सञ्चालनमा आउनु बागलुङ नगरपालिका मात्रै हैन सम्पुर्ण धौलागिरीबासीको लागि खुसीको कुरा हो । बिमान कम्पनीहरुले काठमाण्डौ–बलेवा र बलेवा– काठमाण्डौको यात्रामा लिएको भाडाको बिषयमा जुन कुराहरु बाहिर आईरहेका छन् त्यो हिसाबले हँचुवाको भरमा मन्त्रालय र नागरिक उड्ययनले निर्णय गरेका हुन् भने त्यसको पुनरावलोकन गर्न जरुरी छ । बित्तिय जोखिम बहनको जिम्मा लिएको नगरपालिकाले पनि भाडादर समायोजनको बिषयमा जोडतोडका साथ आवाज उठाउन आवश्यक छ । भाडादर यदि समायोजन हुने हो र नेपाल सरकारले बनाएको नियम अनुसारको भडा दर कायम हुने होभने ३५ मिनेटको यात्राका लागि ६ हजार ५ सय रुपैयाँ भाडा किन बलेवा काठमाण्डौको यात्रा हावामा ९७ माईल्स मात्रै हो । नेपाल सरकारले माईल्सको आधारमा भाडा लिन पाउने गरी बनाएको कानुनलाई आधार मानेर ९७ माईल्सको कम्तिमा ४ हजारदेखी बढिमा ६५ सय रुपैयाँ भाडा तोक्ने व्यवस्था मिलाईनु पर्छ ।
भाडादरमा समायोजन हुन सके एकातर्फ यात्रुको संख्यमा बृद्धि गर्न सकिने निस्चित छभने अर्कोतर्फ यात्रुको संख्या नपुग्दा बित्तिय जोखिम बहन गर्ने सम्झौता गरेको नगरपालिकालाई आर्थिक भार कम भएर जान्छ । लामो समय बन्द अवस्थामा रहेर ठुलो प्रयास र पहलकदमीका बाबजुद सञ्चालनमा आएको बलेवा बिमानस्थल पुनः बन्द हुने अवस्थामा नपुगोस् । बिमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने सबै खाले सहयोग गर्न बागलुङ नगरपालिका मात्रै हैन आसपासका स्थानिय निकाय, यहाँका उद्योगी व्यवसायी, राजनीतिज्ञ, बुद्धिजिवी, सर्वसाधारण सबैले हातमा हात मिलाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । बन्द बिमानस्थल सञ्चालनमा कस्ले कति पहल ग¥यो र कस्ले जस अपजस पाउने भन्ने कुरा ईतिहाँसमा मुल्याङकन होला तर अहिले दिगो सञ्चालनका लागि सबै एकजुट हुने बेला हो । सामाजिक सञ्जालको प्रयोगमार्फत बिमानस्थल नियमित सञ्चालनको आयु तोकेर दिन गन्ती गर्नुको साटो बिमानस्थल सञ्चालनपछि हाम्रो क्षेत्रको विकासका क्षेत्रमा हुन सक्ने सहयोगको पाटोलाई आत्मासाथ गर्दै अगाडि बढ्नु नै जनजनको हितमा हुने छ ।
Previous Articleनयाँ शक्तिको विस्तारित बैठक संयोजकमा सापकोटा चयन
Next Article चैत्र २६ को स्मरणचैत्र २६ को स्मरण