पोखरा, २७ चैत– प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकमा सदस्यले जनआन्दोलनको स्मरण गर्नुका साथै जनताले भोगेका समस्याका सम्बन्धमा आआफ्ना धारणा राखेका छन् । शून्य समयमा धारणा राख्दै प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भूमिका प्रभावकारी बन्नुपर्ने बताए ।
रामबहादुर गुरुङले भानु नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा व्यास नगरपालिकाको वडा नं ८ र ९ लाई पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । विनोद केसीले म्याग्दीको रघुगंगा नगारपालिकामा गुठीका नाममा जग्गा अतिक्रमण हुने गरेको र त्यसका नाममा जनताले लालपूर्जा प्राप्त गर्न नसकेको उल्लेख गर्दै पीडित भएका जनतालाई सहयोगका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए । विशेष समयमा धारणा राख्दै प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको पर्यटकीय महत्वको फेवाताल संरक्षण हुन नसकेको बताउँदै यही क्रम हुने हो भने ३० वर्षमा पुरिने अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
विष्णुप्रसाद लामिछानेले नवलपुरका साविक १७ गाविस भौगोलिक रुपमा पनि विकट भएको बताउँदै जिल्लाका माझी, बोटेलगायत समुदायको जीवनस्तर उँचो बनाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । पियारी थापाले भ्रष्टाचारले समाजलाई गाँजेको बताउँदै भ्रष्टाचाररहित समाज निर्माण गरिनुपर्नेमा जोड दिईन् ।
चन्द्रबहादुर बुढाले जनताका शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा सुविधा उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । कृष्णबहादुर थापाले वन विज्ञान संकाय डिन कार्यालय अदालतको आदेशानुसार पोखरामा नै रहने भनिए पनि अझै काठमाडौँबाटै काम भइरहेको बताउँदै अदालतको आदेशलाई सम्मान गर्न भने । सो
Previous Articleप्रमोद खरेलले ल्याए ‘धारिलो छुरा’
Next Article २०७४ चैत २७ गते मंगलबारको राशिफल