बागलुङ, २७ चैत – गायक प्रमोद खरेल र पूर्णिमा लामाको गीत ‘धारिलो छुरा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् । गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दीपेशजंग थापाले साथ दिएका छन् ।