बागलुङ, २६ चैत-द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त भएका हुन् । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर मुद्धाको सुनुवाई अघि बढाउन आदेश दिएको थियो।
जिल्ला अदालतको सो आदेशविरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर निवेदन) दर्ता गराएका थिए । सो पुनरावेदनको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो ।
एउटा वृत्तचित्र निर्माण गर्ने र त्यसका लागि सांस्कृतिक कार्यक्रम गर्ने भन्दै दक्षिण कोरियामा लगेर १२ जना नेपालीलाई छाडेको आरोप खड्गीमाथि लागेको थियो । ती व्यक्तिसँग उनले मोटो रकम लिएको आरोपमा जेल जानु परेको थियो ।
Previous Articleस्वदेश फर्केर प्रधानमन्त्री ओलीले भने – भारतसँग गम्भीर वार्ता !
Next Article २६ चैत २०७४, ढोरपाटन दैनिक