काठमाडौं, २५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नसुझिएका विषय उल्छान्ने नभई गम्भीर वार्ताबाट समाधान गर्दै जाने बताएका छन् । तीन दिने राजकीय भारत भ्रमण पुरा गरी आइतबार काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले यदि कसैले नबिगारे दुई देशको सम्वन्ध राम्रो हुँदै जाने बताए । उनले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’ उनले भने, ‘विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं ।’
स्वदेश फर्किए लगत्तै विमानस्थलमा नै पत्रकारहरुलाई भ्रमण बारे जानकारी दिँदै उनले भारतसँगको सम्बन्ध राम्रो भएको जानकारी दिए। उनले नेपालले भारतसँग सदैव राम्रो सम्बन्ध राख्न चाहेको र अर्को पक्षले सम्बन्ध नबिगारे कहिल्यै पनि सम्बन्ध नबिग्रिने बताएका छन्। उनले भारतसँग विगतमा र अहिले भएका सम्झौता छिटो भन्दा छिटो कार्यन्वयन गर्नु पर्ने विषयमा पनि दुवै पक्ष सहमत रहेको पनि जानकारी दिए।प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए।
स्वदेश फर्केर प्रधानमन्त्री ओलीले भने – भारतसँग गम्भीर वार्ता !
Previous Articleयस्तो छ प्रदेश ५ को सरकारको नीति तथा कार्यक्रम
Next Article धरौटीमा छुटे द्वन्द्व निर्देशक राजेन्द्र खड्गी