बागलुङ, २४ चैत-जिल्ला खेलकुद विकास समिति बागलुङले आईतवारदेखि सञ्चालन गर्न लागेको सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित गरेको छ । चैत २५ गतेदेखि २८ गतेसम्म आयोजना गरिएको विधालय स्तरिय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हाललाई स्थगित गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
लगातार परेको बर्षादका कारण सदरमुकाममा रहेको एउटा मात्रै बांगेचौर खेलमैदान जलमग्न भएका कारण अन्तिम समयमा आएर स्थगित गर्नुपरेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन वहादुर परियारले वताए । जलमग्न भएको खेल मैदानमा कुनै पनि खेल सञ्चालन गर्न नसकिने भएकाले हाललाई प्रतियोगिता स्थगित गरिएको हो ।
खेलमैदानमा खेल गर्न सक्ने अवस्था सिर्जना भएपछि दुई तीन हप्ताभित्रमा नै प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष परियारले वताए । एउटा मात्रै खेलमैदान पनि ब्यवस्थित नहुदाँ यस्तो समस्या सिर्जना भएको हो ।