बागलुङ, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन्। उनले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा छुट्टै भेट गरे। भारतीय प्रधानमन्त्री मोदीसँग हैदारावाद हाउसमा भएको भेट पछि दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलनलाई सम्वोधन गरे। उनीहरुले आफ्नो सम्वोधनको क्रममा ‘कनेक्टिभिटी’ लाई जोड दिए। रेलदेखि ‘वाटर लिंक’ सम्मका विषयमा दुई देशका प्रधानमन्त्रीले कुरा गरे। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ। यस्तै रक्सौल देखि काठमाडौं सम्मको रेल, जलमार्ग र कृषिबारे छुट्टाछुटटै विज्ञप्ति समेत जारी भएका छन्।
संयुक्त विज्ञप्तिको पूर्ण पाठ: