बागलुङ, २१ चैत-आगामी सोमबार बागलुङमा मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । मुटुको रोग भएका, नियमित औषधि सेवन गरेका तथा विभिन्न कारणले उपचारमा जान नसकेका बिरामीलाई लक्षित गरेर शिविर संचालन गर्न लागिएको हो । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नर्भिक अस्पताल, नेपाल भाषा मंका खल, बागलुङ नगरपालिका, बागलुङ उद्योग बाणिज्य संघ, धौलागिरी अञ्चल अस्पताल तथा अस्पताल बिकास समिति, विद्यामन्दिर उमावि, बागलुङ जेसीज, बागलुङ एफएम र नयाँ विश्व डटकमले यो अभियानको सहजीकरण गर्नेछ । शिविरमा अमेरिकाका चिकित्सक देखि बागलुङ घर भई राजधानीमा विभिन्न अस्पतालमा कार्यरत बरिष्ठ डाक्टरहरुको सहभागिता रहने बताइएको छ । नेपाल भाषा मंकाखलले मंगलवार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । पत्रकार सम्मेलन मंकाखलका अध्यक्ष मुकेशराज भण्डारीको अध्यक्षता र सचिव सुदिप राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleसहकारी दिवसमा विविध कार्यक्रम
Next Article अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने