बागलुङ, २१ चैत-नेपालको आर्थिक समृद्धिका लागि सहकारी संस्थाहरु मुख्य खम्बाको रुपमा रहेकोले राज्यले पनि सहकारीलाई सम्मानित क्षेत्र बनाउनुपर्ने सहकारी अगुवाहरुले बताएका छन् । ६१ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा उनीहरुले देशको अर्थतन्त्रलाई सुदृढ बनाउनका लागि सहकारी अभियान प्रत्येक नागरिकको पहुँचमा पु¥याउनु पर्नेमा पनि जोड दिए । दिवशको मुख्य समारोहमा बोल्दै प्रतिनिधिसभाकी सांसद मना केसीले राज्यको पहिलो प्राथमिकतामा सहकारीलाई पार्नका लागि नीतिगत तहमा आफ्नो पहल रहने बताएकी थिइन् । ‘हामीले कानून बनाउने ठाउँमा विशेष पहल गर्छौ र समृद्धिको आधार सहकारी बनाउन सकिनेछ’ केसीले भनिन्, ‘अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रमा समेत उल्लेख भएकोले सहकारी अव सबै नागरिकको समृद्धिको आधार बन्ने पक्का छ ।’ उनले सहकारीले पनि गरिव जनताको पहुँचको बन्नुपर्ने सुझाव समेत दिएकी थिइन् ।
केसी नेपाल सूचना तथा संचार सहकारी संस्थाहरुको केन्द्रीय संघकी अध्यक्ष समेत हुन् । कार्यक्रममा सहकारी बिभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारीको मोडलमा नगए सम्म देशका कुनै पनि बिकास निर्माण, उत्पादन र आर्थिक बिकासका काम सफल नहुने भन्दै सबैलाई अपनत्व हुने काममा राज्यको लगानी बढ्नुपर्ने बताए । उनले राज्यले सहकारीलाई प्रवद्र्धन गरेर जान सकेमा देशको आर्थिक तथा राजनीतिक भविष्य पनि सफल हुने बताए । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सचिव तेजेन्द्र थापाको संचालन र उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ नेप्स्कुनका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी र नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सदरमुकाममा क्रियाशिल सहकारी संस्थाका पदाधिकारी, कर्मचारी लगायतले प्रभातफेरी गर्दै सहकारी दिवशलाई भव्य बनाएका थिए ।
दिवशकै अवसरमा उत्कृष्ठ काम गरेको भन्दै जिल्ला बचत तथा ऋण सहकारी संघ, आर्दश संचार सहकारी संस्था, लहरेपिपल बहुउद्धेश्यीय सहकारी संस्था, मिलिजुली दुध उत्पादक सहकारी संस्था, भृकुटी बचत तथा ऋण सहकारी संस्था, धौलागिरी संजिवनी स्वास्थ्य सहकारी संस्था, सिम्रीक कृषि सहकारी संस्थालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ठ संचालक मध्येबाट एकता सहकारीका अध्यक्ष ध्रुवप्रसाद शर्मालाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित भएकी सांसद केसीलाई पनि सहकारी क्षेत्रमा लागेर संघिय संसदको सांसद बन्न सफल भएको भन्दै सम्मान गरिएको थियो । दिवशकै अवसरमा जिल्ला सहकारी संघ सहित बिषयगत सहकारी संघ र सबै सहकारीहरुले रचनात्मक क्रियाकलाप, छलफल गोष्ठी लगायतका क्रियाकलाप समेत गर्दै आएका थिए । २०१३ सालमा चितवनमा बखानसिंह गुरुङले सहकारी संस्था स्थापना गरेपछि नेपालमा सहकारी अभियान शुरु भएको हो । केही समय सहकारी संस्था खुलेर संचालकले पैसा हिनामिना गरेर भाग्ने प्रवृत्ति बढेपछि हेर्ने दृष्टीकोण नकारात्मक भएको थियो । तर केही समय यता सहकारी देशको आर्थिक बिकासको आधार तथा सरकारको तिन खम्बे अर्थतन्त्र अन्तर्गत सरकारी, सहकारी र निजी क्षेत्र भनेर तोकिएपछि सहकारी प्रति आम नागरिकको दृष्टीकोण समेत फेरिएको छ ।
सहकारी शिक्षा
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को अवसरमा बानपा–८ सिगानामा १ दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । संस्थाको तित्याङ सेवा क्षेत्रअन्र्तगत सिगानामा सदस्यता बृद्धि गर्ने अभिप्रयाले तालिमको आयोजना गरेको हो । तालिमको बानपा–८ सिगानाका वडा अध्यक्ष जितवहादुर खत्रीले उद्घाटन गरेका थिए । उद्घाटन पश्चात सहकारी शिक्षा तालिमलाई सम्बोधन गर्दै खत्रीले सिवाईसी साकोसले बागलुङ जिल्लालाई सहकारीको माध्यमबाट नेपालमै चिनाउने कार्य गरेको बताए । कार्यक्रममा सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष एवं नेफ्स्कूनका सञ्चाक चण्डिप्रसाद शर्मा पौडेल, स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, सिगाना उमाविका प्रअ गोपालकुमार शर्मा, सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्का लगाएतले मन्तव्य राखेका थिए । तालिममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको परिचय, संस्थाका सेवा सुविधा, सहकारीको परिभाष, सिद्धान्त मूल्य मान्यताका विषयमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र प्रवन्धक नवराज शर्माले प्रशिक्षण गदिएका थिए । सदस्य सेवा केन्द्र तित्याङका संयोजक कुमारप्रसाद उापध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सेवा केन्द्र तित्याङको परामर्श कार्यदलका सदस्य किरण थापाको स्वागत र सञ्चालन डिल्लीप्रसाद गौतमको सञ्चालनम सम्पन्न भएको थियो ।
Previous Article२१ चैत २०७४, ढोरपाटन दैनिक
Next Article मुटुरोग सम्बन्धि निशुल्क शिविर