सुन्दर कुमार थकाली/ मुस्ताङ, २१ चैत-हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका–२ कोवाङमा अवस्थित मनोरम प्राकृतिक सुन्दर ताल सेकुङको पर्यटन पूर्वाधार बिकासमा सहयोग पु¥याउन दश लाख आर्थिक विनियोजन भएको छ । थासाङ क्षेत्रमा बढीभन्दा बढी पर्यटन भित्राउनका लागि पर्यटन प्रर्वधन तथा त्यस क्षेत्रको विकास गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालय पोखरा, राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति र कोवाङका स्थानीयबासीले संयूक्त पहल थालेका हुन् । जसका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले १० लाख रकम बिनियोजन गरेको होभने स्थानियबासीले जनश्रमदान गर्ने भएका हुन् ।
कोवाङको बोक्सीखोलादेखि ३ किलोमिटर पश्चिमतर्फ अग्लो उचाईमा रहेको प्राकृतिक दृष्यले भरिभराउ मनोरम सुन्दर ताल सेकुङ जाने पदमार्गको स्तरोन्नती र त्यस वरपर फैलिएको झाँडी सफा गर्ने, सेकुङ तालको आकारलाई थप बृद्धि गर्न आवश्यक ड्याम निर्माण गर्ने, तालको चारैतिर पर्यटक घुम्ने बाटोमा ढुङ्गा बिच्छ्याउने, पर्यटकका लागि बसेरै दृष्यावलोकन तथा वातावरणमैत्री तुल्याउन आरामदायी २ वटा छानो सहितको कुर्ची र २ वटा थप कुर्ची निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई सेकुङ र भुतर्छो ताल अवलोकन शहज गर्न आवश्यक स्थानमा पदमार्ग सुचक (चिन्ह) राखिने एक्याप जोमसोमले जनाएको छ । पर्यटन प्रर्वधनमा ओझेलमा परेका थासाङ गाउँपालिकालाई पर्यटन हबको रुपमा विकास गर्न संरक्षण क्षेत्रले लगानी गरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालको भनाई छ । उनले यसक्षेत्रको पहिचान बढाउने, वातावरणीय सन्तुलनलाई स्वच्छ दिलाउने र स्थानियको जिविकोपार्जन सुधारमा परिवर्तन ल्याउन पुर्वाधार विकासको कार्यक्रम फलदायी हुने उल्लेख गरे ।
उनका अनुसार, थासाङको पर्यटन विकासका संम्भावनाको खोजी गर्दे राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रचार–प्रसार गर्ने उद्देश्यले तल्लो मुस्ताङ पर्यटक हब निर्माण कार्यलाई अघि बढाईएको बताए । थकाली समुदायको उद्गम स्थल रहेको थासाङ गाउँपालिका कोवाङका करिव ५० घरधुुरीले सेकुङ ताल पूर्वाधारमा श्रमदान गर्ने स्थानीय बुद्धिसिङ नेपालीले जानकारी दिए । उनका अनुसार, आईतवारदेखि सेकुङ ताल संरक्षण र त्यसको पूर्वाधार विकासमा धमाधम काम अघि बढेको जानकारी दिए । मनोरम सेकुङ ताल धौलागिरी बेश क्याम्पको नजिकै पर्छ । जहाँबाट थासाङ अन्तर्गका आधा दर्जन गाउँ र कालिगण्डकी नदी मनमोहक देखिन्छ ,भने धौलागिरी हिमालको समेत अवलोकन गरेर पर्यटक रमाउने गन्तब्य मानिन्छ । यसको तालको उत्तरतर्फ १ किलोमिटरमा अर्को भुतर्छो ताल छभने सोही गाउँपालिकाको टिटी गाउँमा अर्को सुन्दर टिटी ताल अवस्थित छ ।
Previous Articleह्वावेको स्मार्ट मोबाइल बजारमा
Next Article २०७४ चैत २१ गते बुधबारको राशिफल