बागलुङ, २१ चैत-गल्कोट नगरपालिका वडा नम्बर ३ मा खरको छानोमुनि बसोबास गदैं आएका बिपन्न परिबारलाई जस्तापाता बितरण गरिएको छ । गल्कोट नगरपालिकाले आर्थिक बर्ष २०७४ र ०७५ अन्र्तगत वडा नम्बर ३ मा स्थायी रुपमा बसोबास गर्ने खरको छानो बिस्थापन गर्नको लागि ३ लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेट अनुसार गल्कोट नगरपालिका वडा नम्बर ३ को तल्लो लमाईमा बसोबास गर्ने ४ परिबारको लागी जस्तापाता बितरण गरिएको हो ।
गल्कोट नगरपालिका वडा नम्बर ३ को कार्यालयमा एक कार्यक्रमका बीच जस्ता बितरण गर्दैं बडा अध्यक्ष वीरजंग भण्डारीले यस वडा भित्रका सबै घरमा खरको छानो बिस्थापन गर्ने अभियान सुरु भएको बताए । वडाध्यक्ष भण्डारीले यस वडाभित्र बसोबास गर्ने करिब २२ घरधुरीमा खरको छानो रहेकोले उक्त घरमा अब जस्तापाताको ब्यबस्था गर्न अनुदान दिईएको बताए । उनले जस्ताको पाता प्राप्त गर्ने सबैलाई जस्ताको सही तबरण सदुपयोग गर्न आग्रह गरे । भण्डारीले जस्तापाता वडा भित्रका बिभिन्न टोलबाट बितरण गरिने जानकारी पनि दिए । लमाईका चम्फादेखी अधिकारी, टेकबहादुर नेपाली, तुल बहादुर नेपाली, बाबुराम नेपालीलाई जस्तापाता बितरण गरिएको थियो ।
Previous Articleढोनपामा माओवादी केन्द्रको प्रशिक्षण
Next Article ह्वावेको स्मार्ट मोबाइल बजारमा