बागलुङ, २१ चैत-नेकपा माओवादि केन्द्र ढोरपाटन नगरपालिका स्तरीय भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेटघाट तथा प्रशिक्षण कार्यक्रमा बिगतमा भएका स्थानीय तह संघ र प्रदेशको निर्वाचनको बारेमा समिक्षा सहित भावी योजना बारेमा छलफल गरिएको छ । प्रशिक्षण तथा भेटघाट कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलियुटब्युरो सदस्य एव जिल्ला ईन्चार्ज फमलाल निउरेले पार्टिमा पहिले जे–जस्तो गल्ती कम्जोरी भएपनि त्यसलाई सच्चाउदै अब पार्टिको सदस्ययता नविकरण कमिटीलाई जागरुक बनाउनेमा पहल थाल्नु पर्ने बताएका छन् ।
नेपालमा सैद्धान्तिक हिसाबले पाटी कमै फुटेको स्मरण गराउदै नेता मिलेपछि सिद्धान्त र पार्टिका कार्यक्रम पनि मिल्ने उनले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय आयोजक समिति सदस्य तथा जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले देशलाई विकास र समृद्धिमा लैजान बाम पार्टिहरुको एकता हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै, नेकपा माओवादि केन्द्र केन्द्रीय आयोजक समितिका सदस्य तथा जिल्ला सह संयोजक राजिव घिमिरेले देशमा एमाले र माओवादिको एकताको खाका आईसकेकाले अब एकता संख्यामा नभई गुणमा हुनुपर्ने बताएका छन् । भेटघाटमा ढोरपाटन नगरपालिकाका ९ वटै वडाहरुबाट पार्टिमा भईरहेका गतिविधिका बारेमा रिपोर्टिङ गरिएको थियो । कार्यक्रममा पाटिका सदस्य लगाएत अन्य केन्द्र सदस्यीयहरुलाई पाटिको सदस्य नविकरण तथा सदस्यता लिनका लागि आबहान गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य चन्द्रबहादुर थापा शिखरले पार्टिको गत चैत १० गते गरेको परिपत्र बाचन गरेर सुनाएका थिए ।
एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष नगेन्द्र खरेल, ढोरपाटन नगरपालिका वडा १ का वडाअध्यक्ष चित्रबहादुर भण्डारी, निसीखोला वडा नं. २ का कुविर बिक, एकीकृत अखिल शिक्षक संगठन बरिष्ठ उपाध्यक्ष जितबहादुर थापा लगाएले बोलेका थिए । कार्यक्रममा ढोरपाटन नगरपालिका नगर कमिटीका संयोजक चन्द्रलाल अर्यालको अध्यक्षता उपसंयोजक शेरमान घर्तिको स्वागत सचिव भिमबहादुर गौतमको संचालनमा सम्पन्न भएको छ । पार्टिको जिल्लाव्यापी अभियानमा आईतबार निसीखोला, सोमबार तमानखोला गाउँपालिकामा प्रशिक्षण तथा भेटघाट सम्पन्न भएको छ ।
Previous Articleछिमेक नीतिको प्रस्थान विन्दु मित्रता-प्रधानमन्त्री ओली
Next Article विपन्न परिवारलाई जस्तापाता