काठमाडौँ, २० चैत -प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको छिमेक नीतिको प्रस्थान विन्दु मित्रतापूर्ण व्यवहार रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले समानताका आधारमा, पारस्परिक लाभका आधारमा, पञ्चशिलका आधारमा, न्यायोचिताका आधारमा छिमेकीसँगको सम्बन्ध कायम हुने बताए ।
आउँदो २३ देखि २५ गतेसम्म हुने भारतको राजकीय भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अपमान र असमान बोध हुने कुनै कुरा नगरी पारस्पारिक हितमा जोड दिने बताए । नेपालको समृद्धिका लागि सबै छिमेकीसँग समधुर र बराबरी सम्बन्ध राख्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको जोड छ । ‘हामी हाम्रा दुवै छिमेकीसँग शंका, अविश्वासरहित भरपर्दाे र विश्वासिलो सम्बन्ध राख्न चाहान्छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारको नीति पनि यही हो ।’
आफ्नो भ्रमण नेपाल र भारत सम्बन्धलाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेमा केन्द्रीत हुने बताए । ‘देश र जनताको अधिकतम हित हुने कुरामा मेरो ध्यान हुनेछ, भ्रमणलाई कसरी उपलब्धी मुलक बनाउन सकिन्छ त्यो सोच्छु’, उनले भने, ‘अघिल्लोपल्ट जाँदा पनि सम्झौतामा धेरै जोड दिइएको थिइनँ तर, दुरगामी र देशको हितमा केही सम्झौतमा भए । यसपटक पनि म सम्झौताको चाङ लगाउने पक्षमा छैन । भएका हाम्रा पूराना सम्झौतलाई कसरी प्रभावकारी बनाउने, सफल बनाउने भन्नेतर्फ लाग्छु ।’ प्रधानमन्त्री ओलीले पुराना सम्झौता बिर्सिदै जाने र नयाँ हुँदै जाने अवस्था नहुने भन्दै सहमति र समझदारी भएका कुरामा, सहयोगका क्षेत्रमा भएका सम्झौता अद्यावधिक गरि उपलब्धीमूलक बनाउनेमा ध्यान दिने बताए ।
त्यसबाहेक कृषि, जलमार्ग, कृषिको विस्तारका विषयामा कुरा हुने उनले जानकारी दिए । ‘कृषिको आधुनिकिरण, व्यवसायिकरण, अग्र्यानिक रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेमा कुरा हुनेछ’, प्रम ओलीले भने, ‘त्यसबाहेक हामी गंगाको बाटोबाट समान ल्याउन सक्छौँ, यसलाई मूर्तरुप दिने विषयमा कुरा हुनेछ, जलमार्ग र रेलमार्गको विषयमा कुरा हुनेछ, उर्जाको क्षेत्रमा कुरा हुनेछ, दुई देश बीचको व्यापार र उचित कार्यान्वयन गर्ने कुरामा नेपालको व्यापार घाटा सुन्तलनमा ल्याउने कुरामा, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका विषयमा कुरा कुरा हुनेछ ।’
नेपाल र भारतको सम्बन्ध पहिलेकाजस्तो नरहेको भन्दै उनले प्रवुद्ध व्यक्ति समूहले १९५० को सन्धी लगायतका विषयमा काफी प्रगती गरेको बताए । ‘विझाउने कुरा, असमान लागेका कुरामा पुर्नविचार गर्न दुवै पक्ष तयार छ, सहमत छ । यसरी अगाडी बढ्न सकिदो रहेछ र जान सकिन्छ’, प्रम ओलीले भने ।
हुलाकी राजमार्ग, सीमापार परियोजनाको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजिकरण गर्ने, पुनर्निमाणको सम्बन्धमा भारतले सहयोगको प्रतिवद्धता अनुसार अगाडी बढ्नुपर्छ भन्ने कुरामा पनि छलफल हुने उनले बताए । ‘पुनर्निर्माणका सन्दर्भमा भारतले जिम्मा लिएको काममा तीब्रता छैन भने पनि त्यसमा गम्भीर कुरा हुनेछ’ प्रधानमन्त्री ओलीले भने ।
नेपाल सार्क र विमस्टेकको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै सार्क र विमस्टेकको शिखर सम्मेलनका विषयमा पनि कुरा हुने बताए । नेपालले केही समयभित्रै विमस्टेक शिखर सम्मेलन आयोजना गर्ने उनले सुनाए । ‘कनेक्टिभिटीको क्षेत्र, व्यापारको क्षेत्र, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि उपयोग हुन सक्ने विषयमा भारत सरकारसँग छलफल गर्छाैँ’, प्रधानमन्त्री ओलीले भने, ‘आतंकवाद अन्त्य लगायत भारतका पनि जायज चासोका विषयमा ध्यान दिन्छौँ, छलफल गर्छाैँ ।’
छिमेक नीतिको प्रस्थान विन्दु मित्रता-प्रधानमन्त्री ओली
Previous Articleदुनियाँ हसाएका मदनका आँखा आर्यघाटमा यसरी रसाए
Next Article ढोनपामा माओवादी केन्द्रको प्रशिक्षण