चरमानन्दको अनुभूत गर्ने माध्याम हो, यौन । अर्थात् आनन्दको पनि उत्कर्षमा पुग्ने बाटो हो, यौन । यो आफैमा सुखद अनुभव हो । यौनको प्रसंगमा हामी लजाउने गर्छौं । यौनलाई छाडा भन्छौं । जबकी यो प्राकृतिक कुरा हो । र, सृष्टिलाई चलायमान राख्नका लागि यौनको भूमिका अपरिहार्य छ । यौनमा चरम सन्तुष्ट छ । यो दाम्पत्य सुखको एक तत्व हो । दम्पती बीचको सम्बन्ध सुमधुर राख्नका लागि यौनले भूमिका खेल्छ । के पनि भनिन्छ भने, सक्रिय यौन जीवनले दम्पतीको सम्बन्धमा मात्र निकटता ल्याउने होइन, स्वास्थ्य लाभ पनि मिल्छ । तर, यौनको पनि आफ्नै मान्यता छ । परिधि छ । नियम छ ।
यौन सम्पर्क कहिले गर्ने, कुन समयमा गर्ने, कहाँ गर्ने, कुन स्थितीमा गर्ने भन्ने कुरा तय गरिएको छ । यस्ता कुरालाई ध्यानमा राखेर यौन क्रिया गर्दा चरम आनन्द प्राप्त हुन्छ भनिन्छ । साथै स्वास्थ्यलाई पनि लाभ मिल्छ । यौन हरेक व्यक्तिको आवश्यक्ता हो र सुखद अनुभूति पनि । त्यसैले यौन सम्पर्क राम्रो भावनाले गर्नु जरुरी छ । आनन्ददायक यौन सम्पर्कका लागि पार्टनरसँग समर्पणका साथसाथै सहयोग र सहमति पनि जरुरी छ । यदि पार्टनरलाई यौनमा रुची छैन भने जबरजस्ती गर्नु गलत हो । अतः यहाँ यौन सम्पर्कलाई लिएर दम्पतीबीच उठ्ने प्रश्नको उत्तर खोजिएको छ ।कुन परिस्थितीमा यौन सम्पर्क गर्नबाट बच्नुपर्छ, किन ?धेरैजसो दम्पती यस सम्बन्धमा त्यती जानकार हुँदैनन् । कहिले यौन सम्पर्क राख्ने र कहिले नराख्ने ? यस्ता कुरामा बेखबर रहेर यौन सम्पर्क गर्दा त्यसबाट जुन आनन्द पाउनुपर्ने हो, त्यो पाइदैन । साथै त्यसको असर स्वास्थ्यमा पनि पर्छ ।
त्यसैले संभव भएसम्म शारीरिक वा मानसिक अस्वस्थ्य भएको बेला यौन सम्पर्क राख्नु उचित मानिदैन ।शारीरिक समस्या, खासगरी मुटुको समस्यामा यौन सम्पर्क गर्नु हुँदैन ?शारीरिक तथा मानसिक अवस्था राम्रो नभएको बेला यौन सम्पर्क गर्नु बेकार हुन्छ । मुटुको समस्या झेलिरहेको अवस्थामा आरमको जरुरी हुन्छ । यस्तो अवस्थामा यौन क्रियाले मुटुमा समस्या ल्याउन सक्छ ।मानसिक अस्वस्थ्यताको बेला किन यौन सम्पर्क गर्नु हुँदैन ?यौन सम्पर्क शारीरिक क्रिया हो । तर, यसमा मानसिक उपस्थिती पनि उत्तिकै जरुरी हुन्छ । मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छभने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिदैन । डिप्रेसन, तनाव जस्ता कुनैपनि समस्यामा यौनको रुची नै जाग्दैन । जब यौनमा रुची छैनभने जबरजस्ती यौन क्रिया गर्नुको अर्थ हुँदैन ।शल्यक्रियाको कति दिनपछि यौन सम्पर्क गर्नु हुन्छ ?कुनैपनि शल्यक्रियापछि निश्चित अवधीसम्म यौन सम्पर्क नगर्नु नै उत्तम हुन्छ । शल्यक्रिया गर्नसाथ यौन क्रिया गर्दा घाउ भएको ठाउँमा बल पर्छ । त्यसले टाँका लगाएको धागो छिनाल्न सक्छ । रगत बग्न सक्छ ।
त्यसैले चिकित्सकको परामर्श लिएर मात्र यौन सम्पर्क गर्नुपर्छ ।इन्टरकोर्सको समयमा पार्टनरलाई दुख अनुभव भएमा सेक्स गर्नुहुन्छ ?जब इन्टरकोर्सको समय पार्टनरलाई दुखाई अनुभव हुन्छ भने, सम्झनुहोस् त्यो खतराको घण्टी हो । यस्तोमा यौन सम्पर्क गर्नु खतरालाई निम्त्याउनु हो । त्यसैले इन्टरकोर्सको समयमा पार्टनरलाई खासगरी पत्नीलाई कुनै दुख, पीडा भयो भने त्यस्तो अवस्थामा चिकित्सक कहाँ जानुपर्छ ।गर्भावस्थामा यौन सम्पर्क गर्नु हुन्छ ?गर्भावस्थामा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन भनेर धेरैजसो दम्पती अलमलमा हुन्छन् । विशेषज्ञका अनुसार गर्भावस्थाको छैठौं हप्तादेखि १२ औं हप्तासम्म यौन सम्पर्क गर्न हुँदैन । किनभने यस क्रममा गर्भपातको समस्या हुन्छ । साथै गर्भधारणको अन्तिम दुई महिनामा पनि यौन सम्पर्क गर्नु खतरनाक हुन्छ । गर्भधारणको चौथो र सातौ महिनामा यौन सम्पर्क गर्न सकिन्छ । –एजेन्सीको सहयोगमा
Previous Articleअंग्रेजलाई हराउने उजिरसिंह
Next Article गणतन्त्रका बग्गी, कार्पेट र पिर्का !