कृष्ण प्रसाद शर्मा
गणतन्त्र ल्याउने प्राण दिएकाहरू सम्भवत धेरैलाई याद छैन होला । किन कि पछिल्लो समय सहिदको चाङमा गणतन्त्रका सहिद पक्कै पनि भित्रै हराए होलान । जुन शब्द लिँदा गर्व हुनुपर्ने हो त्यो लिँदा लज्जाबोध भएको सहिद शब्द गणतन्त्रले पनि झन धब्बा लगाएको छ । गणतन्त्रका लागि लडेका कायस्थ ओछ्यानमा मरेतुल्य पल्टिरहेका छन् बषौंदेखी । भेट्न जाने खासै कोही छैन किन कि गणतन्त्रको फलमा सबैको ध्यान छ । गणतन्त्र आयो, संघियता आयो, सिंहदरबारको अधिकार गाउँमा आयो । अब गाउँमा गरीबी मात्र छ गरीब छैनन् । गरीब सबै खाडी पसेका छन् । गणतन्त्र भनेको नाम मात्रै नभई व्यवहार पनि हो भन्ने धेरैको बुझाई थियो तर त्यो गलत सावित भएको छ । कुनै बेला खुलामन्चबाट राजालाई श्रीपेच खोलेर राजनीतिमा आउन चुनौती दिने मदन भण्डारी आज हामी सामु हुनुहुन्न तर गणतन्त्रले दुई पटक राष्ट्र पनि भने हुने अवसर दियो उहाँको श्रीमतिलाई जसको चर्चा उँचो छ । राजतन्त्र अरू देशमा पनि छन् । त्यहाँ राजालाई समेत आर्थिक रुपमा नियन्त्रण गर्ने निकाय छ जसका कारण राजाले जे पनि जति पनि खर्च गर्ने भन्ने हुन्न जुन बेलायतमा छ । यता असिमित खर्च र मनोमानी भयो भनियो । सबैले साथ दिए गणतन्त्र आयो ।
तर राजाको व्यवहार गणतन्त्रका राष्ट्र प्रमुखबाट अवशेषका रुपमा देखिँदा धेरै दुखित छन् । राष्ट्रपतिलाई अपमान र अमर्यादित गराउने गरी केही लेख्न हुन्न तर गणतन्त्रमा पनि जनताको प्रतिनिधि भनिएको राष्ट्रपतिका बारेमा बोल्न पाउनै पर्छ र लेखन पाउनु पर्छ किन कि कर जनताले तिरेका छन् उहाँको तामझामका लागि । पहिलो पटक राष्ट्रपति हुँदा ठीक्कै जस्तो लाग्ने राष्ट्रपति गत हप्ता संसदमा जाँदाको तडकभडक देखेर नरिसाउने कोही छैन । समाचारमा बग्गीमा जाने कुरा छापिएपछि सामाजिक संजालमा चर्को बिरोध भयो त्यसै कारण बग्गीमा नगएर कारमा जानु भयो तर बिरोध नभएको भए बग्गीकै तारतम्मे मिलाईएको थियो । पहिलो कुरा गणतन्त्रमा पनि सवारी शब्दको मोहले ब्यवहारले परिभाषित गरिदियो । जनताको छोराछोरी राष्ट्रपति हुने व्यवस्था भनियो जनताका छोराछोरी पनि गए तर राजाको भन्दा कुनै हिसाबले तडकभडक कम भएन राष्ट्रपतिको । पुरै सडक सुनसान पारेर मुर्दा शान्ति गराएर सवारी हुनु भयो ।
सवारी भईरहेका बेला एकजना बिरामीका अभिभावकले टुईट गरेका थिए । छोराको हालत खराब छ एम्बुलेन्समा छ तर बाटो जाम छ भनेर । एम्बुलेन्स समेत नछिर्ने गरी जाम गराएर संसदमा गएर बोल्नु भयो सबै मिलेर देश अगी बढाऔं । जनतालाई सास्ती गराएर जाम पारेर देश अघि कसरी बढ्छ । कतिपय एमालेका कार्यकर्ताले नै लेखेका थिए लेवी तिरेर एमाले हुँ भन्न पनि लाज लाग्यो भनेर । यो राम्रो काम थिएन बिरोध गरे । रामबरणका कोठा भाडाका कचकच पनि जनता ठीक मानेनन् यो पनि ठीक लागेन तर रीस पोख्ने संजाल बाहेक अन्त कतै छैन । सके त शान्तिपुर्ण अवज्ञा गरे फरक पर्ने थिएन तर सेना प्रहरीका बन्धुक पनि देखेकै छन् जनताले । सवारीकमा देखिएका तमाम दृष्य राजाको भन्दा कम थिएन बरु बढी नै थियो । सवारी भएपछि गाडीबाट ओलर्ने बेला पिर्का समेत ओछ्याईयो जुन राजाले पनि गर्थे । राजाका पाउ भुँईमा नपरोस् भनेर राखिने पिर्का सबै संग्रलयमा गए त्यो बाँकी रहेछ ।
अब कुन दिन राजदण्ड र श्रीपेच लगाउन मात्र बाँकी छ । हाल राष्ट्रपति रहनुहुने विद्यादेवी भण्डारी कुनै खानदानी परिवारबाट होईन । राजनीतिमै लागेर खली खाएर आउनु भएकै हो यसमा दुईमत छैन । उहाँले गरेको संर्घषलाई पनि कम आँकलन गरेको होईन तर जुन श्रीमान उहाँले पाउनु भएको थियो साराको प्राण जस्तै हुनुहुन्छ तर उहाँकै पत्नीबाट जसरी व्यवहार गरिएको छ यो एकदम निन्दनीय नै छ । रातो कार्पेट ओछ्याउनै नहुने होईन बेलायतले चीनका रातो कार्पेट ओछ्याएको छ बेला–बेलामा व्यापारका लागि जहाँ दुई फरक ध्रुवको राजनीति चलेको छ । जनताको प्रतिनिधि गाउँगाउँ डुल्थे भनिन्थ्यो गणतन्त्रमा अन्य देशमा तर यता आफ्नै शहरमा माटोमा पाउ राख्न नहुने त के भयो ? राजाले बेठीक गरे भनेर राजा फालेको को की ? अर्को राजा खोजेको ? यहाँ राष्ट्रपति स्वंमलाई थाहा छ अझै भुकम्प पीडित पाल मुनी छन्, हरेक बर्ष बाढी पहिरोले धनजन गुमाएका पालमुनि नै छन् । हरेक दिन कम्तिमा चार वटा लाश बिदेशबाट फर्किन्छन् । यि यावत कुराहरू देखेको र त्यही पृष्ठभुमीबाट यहाँ पुगेको मान्छे यसरी हिड्नु कति न्यायसंगत भयो ? फरक पार्टिमा आस्था राख्नेले गरेको विरोधका रुपमा भनेर सबै कुरालाई सहज मानियो भने छ जना उपप्रधानमन्त्री पनि सहज लाग्छ र यो मौसुफवाला सवारी पनि सहज लाग्छ तर त्यो दिन बाटो बन्द हुँदा कुनै बिरामीको समयमा अस्पताल पुर्याउन नसकेर मृत्यु भए त्यसको जिम्मा कसले लिने के गणतन्त्र यसको हिसाब गर्छ कि गर्दैन । राष्ट्रपतिको मात्र होईन गणतन्त्रमा आफ्नो हैसियत र देशको हैसियत नबुझी बढी तडकभडक गरेका उदाहरण दिनानुदिन थपिंदैछ । जनताले कहिले राम्रो लगाउन र खान नपाई जीवन सक्नै पर्ने र नेताहरूका चाहना मात्रै पुरा गरिदिनु पर्ने हो । त्यसैले गणतन्त्रमा बग्गी, कार्पेट र पिर्का नदेखाउँ ।
Previous Articleयौन सम्पर्कबारे जान्नै पर्ने कुरा
Next Article सहकारीलाई जिम्मेवारी देउ