बागलुङ, १९ चैत– बागलुङको सेवाका लागि भन्दै कतारमा गठन भएको बागलुङ सेवा समाजको १० औ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनले सागर पौडेलको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा नगेन्द्र ब पौडेल, द्वितिय उपाध्यक्ष छम परीयार, सचिव टिका कार्की, सह सचिव बाबुराम गैरे, कोषाध्यक्ष सन्तोष पौडेल र सह कोषाध्यक्ष सत्यिकी प्रताप सिंह रहेका छन् । त्यस्तै समितीका सदस्यहरुमा घनश्याम तीवारी, उमानन्द शर्मा ,दीपक सेन्चुरी, टेक रसायली, तिल ब खत्री र बाँकी सदस्य कार्य समितिको बैठकले मनोनित गर्ने गरि कार्य समिति तयार गरेको नव निर्वाचित अध्यक्ष सागर पौडेलले बताए ।
अधिवेशनको अवसर पारेर आयोजना भएको सांगेतिक कार्यक्रममा राष्ट्रिय कलाकार बसन्त थापा , देविका केसि गुरुङ ,शान्ति श्रि परियार, खगेन्द्र विश्वकर्मा , युवराज छन्त्याल, धनश्याम तिवारी, टेक रसाइली, दिपक सेन्चुरि लगायतले प्रस्तुती दिएका थिए । कतारमा रहेका बागलुङका युवाहरुलाई असहज अवस्थामा सहयोग गर्न र बागलुङमा सेवा मुलक क्षेत्रमा सहयोग गर्न आफ्नो कार्यकालमा महत्वपुर्ण भुमीका खेल्ने अध्यक्ष पौडेलले बताए । लामो समय कतारमा बिताएका पौडेलले अन्य कार्यसमिती भन्दा नयाँ बनेको कार्यसमिती जुजारु र अनुभवी भएकाले आफ्नो कार्यकाल सफलहुने विश्वास ब्यक्त गरे । कार्यक्रम बागलुङ सेवा समाज दोहा कतारका अध्यक्ष चन्द्रकान्त शर्माको अध्यक्षता उपाध्यक्ष नगेन्द्र पौडेलको स्वागत तथा सागर पौडेल र छम परियारको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleबेनी –जोमसोम सडक घण्टौं सडक जाम हुदाँ पर्यटकलाई शास्ती
Next Article गलकोट नगरमा संयुक्त बाम महिलाहरुको संगठन विस्तार