सुन्दर कुमार थकाली
मुस्ताङ, १९ चैत्र–उत्तर—दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी —जोमसोम निमार्णधिन सडकमा समय तालिका मिलाईपछि घण्टौं सडकमा सवारी साधन जाम हुन थालेका छन् । लामो समय सम्म सडकमा आवागमनमा रोक लगाईपछि मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक शास्तीमा परेका हुन् । बेनी—जोमसोम सडक आयोजनाले शुक्रवार एक सूचना प्रकाशित गरेर सडकको निमार्ण तथा स्तरोन्नतीलाई नियमित गर्नुपर्ने भएकाले समय तालिका मिलाएको बताएको छ । सडक नियमित भैईरहदा निर्माणकार्यमा बाधा पुग्ने जनाउदै निर्माणधिन बेनी–जोमसोम सडकमा समय तालिका मिलानु परेको जनाएको छ । करिडोरले बेनी हुँदै मुस्ताङ भित्रने सवारी साधनलाई बिहान र बेलुकी २ समयगरि ८ घण्टा सवारीलाई प्रवेशमा रोक लगाएको हो ।
सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले वर्षायामको समय मुस्ताङ घुम्ने सिजन भएकाले सवारी साधनको चाप बढ्दै गएकाले निमार्णकार्यमा बाधा पुगेको उल्लेख गरे । उनले समय तालिकाले पर्यटक र व्यवसायीलाई मर्का परेपनि निर्माणकार्य शहज बनाउन समय तालिका बाध्यता भएको उल्लेख गरे ।
उनका अनुसार अहिले बेनी हुदै करिव १ सयभन्दा बढी सवारीसाधन दैनिक मुस्ताङ जाने गरेको बताए ।यता,बेनी–जोमसोम सडकमा समय तालिका निर्धारण गरिएपछि बेनी देखि मुस्ताङका होटल तथा रेष्टुरेण्ट व्यवासाय मारमा परेका छन् । दानाका होटल व्यवसायी ईन्द्रसिंह तुलाचनले सडक लामो समय जाम हुदाँ व्यवसायी मर्कामा परेको दुखेसो पोखे । उनले सडक जाम हुदा घाँसादेखि म्याग्दीका स्थानीयहरु समयमा गन्तव्य पुग्न कठिनाई परेको र मुस्ताङ भित्रने पर्यटकले शास्ती व्यहोर्नु परेको जनाए । उनले दैनिक ८ घण्टा लामो सडक जाम हुदाँ पर्यटकको आवागमन समेत घट्दै गएको बताए ।३ महिनाअघि पनि करिडोरले सडक निर्माणकार्यलाई शहज बनाउन मुस्ताङ भित्रने सवारी साधनलाई बेनी–जोमसोम सडकमा समय तालिका मिलाएको हो ।
बेनी –जोमसोम सडक घण्टौं सडक जाम हुदाँ पर्यटकलाई शास्ती
Previous Articleदुई जिल्ला जोड्ने पुल जिर्ण
Next Article बागलुङ सेवा समाज कतारको अध्यक्षमा सागर पौडेल