थम्मन थापा सन्देश
बागलुङ १९ चैत – जिल्लाको गल्कोट नगरपालिका–७ मल्ममा सम्पन्न बाम महिला संगठनको भेलाले रेवती थापाको अध्यक्षतामा २५ सदस्यीय संयुक्त महिला बाम गठबन्धन गठन गरेको छ । समितिको उपाध्यक्षमा थुम कुमारी थापा, सचिवमा कृष्णा थापा सहसचिवमा यशोधा थापा र कोषाध्यक्षमा कमला थापा रहेका छन् । समितिमा अन्य सबै सदस्य रहने व्यवस्था छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट महिलाहरुको भेलाले सो समिती गठन गरेको हो । कार्यक्रममा बोल्दै संयुक्त महिला बाम गठबन्धन गलकोट नगर समितिका अध्यक्ष कौशिला घर्तीले महिलाहरुको हक हित अधिकारको निमित्त अब चुलो चौकोमा मात्र समित नभई सामाजिक कार्यमा सक्रिय हुनुपर्ने बताएकि छिन् । बामपन्थी सरकारले नै महिलाहरुलाई राज्यको हरेक निकायमा पहुॅच राख्न सफल भएको भन्दै अब बामपन्थी महिला अझै शसक्त भएर लाग्नु पर्ने कुरामा प्रमुख अतिथि घर्तीले जोड दिइन् ।
कार्यक्रममा गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, वडा सदस्य पदमा नेपाली, नेकपा एमालेका विष्णु राना, राष्ट्रिय जनमोर्चाका दल बहादुर थापा र बामपन्थी महिला सदस्य थुम कुमारी थापाले शुभकामना मन्तव्य राखेका थिए । भेला नेकपा माओवादी केन्द्रका मिना दर्जीको अध्यक्षता, बामपन्थी महिला सदस्य रेवती थापाको स्वागत र संयुक्त महिला बाम गठबन्धन गलकोट नगर कमिटि सचिव सरस्वती कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।