बागलुङ, १९ चैत– वलेवा बिमानस्थलमा नियमीत उडान सुरु भएपछिको तेस्रो उडानमा आईतवार बलेवा काठमाण्डौ यात्रा गर्ने यात्रुको संख्या पुगेको छ । गत साता दुई नेपाल एयर र तारा एयरले गरेको दुवै उडानमा बलेवा देखी काठमाण्डौ जाने यात्रुको संख्या कम भएको भएपनि यस साताको पहिलो उडानमा भने यात्रु संख्या पुगेको हो ।
आईतवार बलेवा बिमानस्थलमा तारा एयरको बिमानले दोश्रो नियमित उडान भरेको बिमानस्थल स्रोतले जनाएको छ । तेस्रो उडानमा काठमाण्डौबाट बलेवा आउँदा यात्रुको संख्या कम भएको भएपनि बलेवाबाट काठमाडौ उडान भर्ने यात्रुहरु भने अहिले सम्मकै बढी १६ जना पुगेको बिमानस्थलले जनाएको छ । आईतवारको तारा एयरको उडानमा काठमाडौँबाट आउने यात्रु ८ जनामात्रै रहेको बागलुङ नगरपालिकाले जनाएको छ ।
४ जना नपुग भएकाले ४ यात्रु बराबरको रकम रु २६ हजार बागलुङ नगरपालिकाले बिमान कम्पनिलाई सोधभर्ना गर्नुपर्ने हुन्छ । आउने जाने दुबै उडानहरुमा १२ जना भन्दा जति संख्यामा यात्रु घटी हुन्छन त्यस्को क्षतिपुर्ति नगरपालिकाले बिमान कम्पनिलाई दिनु पर्ने लिखित सम्झौता छ । नगरपालिकाले सम्झौता गर्दा दुबै बिमान कम्पनिलाई रु १०÷१० लाख रुपयाँ धरौटी राखेको छ ।
बलेवा बिमानस्थलबाट जाने बढ्दा आउनेको संख्या घट्यो
Previous Articleआचार्यलाई भन्सा सेवा समाज जापानले आर्थिएक सहयोग
Next Article कर्मचारी कता हराए