बागलुङ, १९ चैत– बागलुङ नगरपालिका –६ भान्साकी राधिका आचार्यलाई भन्सा सेवा समाज जापानले आर्थिएक सहयोग गरेको छ । २०६७ सालमा माटो खन्ने क्रममा ढिस्कोमा पुरीएर स्पाइनलकट को समस्यावाट ग्रसित आचार्यको उपचारार्थ आर्थिक सहयोग गरिएको हो । पारिवारिक अवस्था कमजोर रहेकोले कर्म भुमीबाट जन्म भुमिको सम्झना स्वरुप स्थापना गरिएको संस्थाले संकलन गरेको ३५ हजार रुपैयाँ आईतवारएक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
भान्सा सेवा समाज जापानका उपाध्यक्ष शिवप्रसाद सापकोटा तथा सचिव हरिभक्त सापकोटाले उक्त रकम हस्तान्तरण गरेका थिए । शारिरिक अपाङगता रहेकी राधिकाका श्रीमान रामप्रसाद आचार्यले अहिले सम्म उपचाको सिलसिलामा ७ लाख भन्दा वढी खर्च भैसकेको र आफ्नो आय श्रोत केहि नभएको हुदाँ अहिले दैनिक चलाउन समस्या भएको वताए ।
आफ्नो घर समेत नभएकोले विगत ७ वर्ष अघिदेखीनै अर्कैको घरमा वस्दै आएकोले घर वनाउन तथा उपचारको लागि आर्थिक समस्या रहेको उनको भनाई थियो । उनले सबैलाई सहयोग गरिदिन अपिल गरेका छन् ।
Previous Articleयूरोपीयन यूनियनको दादागिरि
Next Article बलेवा बिमानस्थलबाट जाने बढ्दा आउनेको संख्या घट्यो