बागलुङ, १८ चैत– ६१ आंै राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लि. बागलुङ र बागलुङ दुग्ध उत्पादक सहकारी संघ लि.ले शुक्रबार कुँडुलेस्थित संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेका छन् । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयोजनमा बानपा–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि तिरुपति बालाजीधाममा खाद्यान्न वितरण गरिएको हो ।
विद्यालयलाई २६ हजार २ सय ५० बराबरको चिनी, चामल, सुजि, चना, घ्यू, लगायत खाद्य सामग्री हस्तान्तरण गरिएको थियो । खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयको अवस्थाका बारेमा प्रधानाध्यापक शान्ती ज्ञवालीले जानकारी गराएकी थिइन् । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षा, कोषाध्यक्ष अञ्जु जिसीको स्वागत र बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष युक्तप्रसाद कंंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारी दिवसको अवसरमा सहकारीका कर्मचारीको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम, श्रमिकहरुलाई वित्तीय साक्षरता कार्यक्रम, पत्रकारहरुसंग समृद्धिका लागि सञ्चार विषयक अन्तरक्रिया आयोजना गरिएको छ । यस्तै, दिवसकै अवसरमा धौलागिरी स्तरीय सहकारी युवा सम्म्मेलन, उत्कृष्ट सहकारी संघ संस्थाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि तिरुपति बालाजीधाममा खाद्यान्न वितरण
Previous Articleबागलुङमा बन्न लागेको जनजाति संग्रालय कहिले निर्माण होला ?
Next Article यथार्थ बाहिर आओस्यथार्थ बाहिर आओस्