गत चैत १३ गते बागलुङको एक होटलमा एकजना युवा मृत अवस्थामा भेटिए । जिल्ला सदरमुकाममा सहकारी सञ्चालन गर्दै आएका राज घर्ति घिमिरे नाम गरेका युवा साँझ खानपान गरेर सुतेका बिहान मृत भेटिएको भन्दै प्रहरीलाई खबर गरियो र प्रहरी पुगेर उनलाई अस्पताल पु¥यायो । पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो र उनको अन्त्येष्टि भयो । राजको के कति कारणले मृत्यु भएको हो भन्ने बिषयमा अहिलेसम्म न त परिवारले केही जानकारी गराएको छ न त प्रहरीले नै आफ्नो अनुसन्धानबाट केही पत्ता लगाएको छ । पोर्टमार्टम रिपोटष्सर््ि आईनसकेकाले उनको मृत्युको बारेमा केही पत्ता लाग्न नसकेको प्रहरी बताउँछ । सामान्य अनुसन्धानबाट उनको कर्तव्य नभई भवितव्य मृत्यु हुन सक्ने प्रहरीले अनुमान लगाएको भएपनि खास कारण के हो भन्ने पत्ता लाग्न सकेको छैन् । उनीसँगै सुतेका सहपाठीलाई प्रहरीले नियन्त्रणमा लिएर सामान्य सोधपुछ पछि छोडीदिएको छ । सोधपुछका लागि नियन्त्रणमा लिईएका उनका साथीको बयानको आधारमा पनि कर्तव्य ज्यानको घटना नभएको अनुमान प्रहरीले लगाएको हो ।
राजको मृत्यु भएको एक साता नबित्तै शुक्रबार जिल्लाको जैमिनी नगरपालिकामा १ जुजारु युवाको करेण्ट लागेर मृत्यु भयो । बिजुलीको काठेपोल फेरेर फलामको पोल जडान गर्ने क्रममा बिद्युत प्रसारण लाईनमा छुँदा प्रवाह भएको करेण्टका कारण एक जनाको मृत्यु भयोभने पाँच जना घाईते भएका छन् । जैमिनी नगरपालिका–५ बिनामारेका चन्द्रबहादुर क्षेत्रीले सामान्य असावधानिका कारण ज्यान फाल्नु प¥यो । पोल परिवर्तन गर्ने क्रममा उनी लगायत घाईते भएका पाँच जनाको असाबधानी घटनाको मुख्य कारण थियो वा नेपाल बिद्युत प्राधिकरणका कर्मचारीको लार्पवाही मुख्य कारण थियो भन्ने बिषयमा अहिले बजारमा चर्चा चलेको छ । बिद्युत पोल परिवर्तन गर्न लगाएका प्रधिकरणका कर्मचारीले प्रसारण लाईन किन बन्द गरेनन् भन्ने अर्को प्रश्न हो । बिद्युत जस्तो संबेदनशिल बिषयमा हेलचक्राईंका कारण दुर्घटना मात्रै भएन एकजना जुजारु युवाको ज्यान नै गयो । घटनामा मृत्यु भएका क्षेत्रीको पोष्टमार्टमपछि अन्त्योष्टि गरिएको छ । तर घटनाको रहस्यको बारेमा भने छलफल चलिरहेको छ । जे जसरी घटना भएको भएपनि पीडितले न्याय पाउनु पर्छ ।
पछिल्लो समय जिल्लामा हुने यस्ता खालका घटनाहरु अनुसन्धान ढिलो हुने र पीडितले न्याय नपाउने अबस्था समेत सिर्जना हुने गरेका छन् । असान्य रुपमा भएका होनाहार जुजारु युवाहरुको मृत्युको बिषयमा जिल्लामा रहेका सरोकारवाला तथा यसको छानविन र अनुसन्धान गर्ने अधिकार पाएका निकायहरुले जतिसक्दो छिटो घटनाको सत्यतथ्य बाहिर ल्याउन सक्नु पर्दछ । सामान्य रुपमा हुने मृत्युभन्दा असामान्य रुपमा भएका मृत्युका घटनाहरुमा केही न केही रहस्यहरु लुकेका हुन्छन् । यस्ता घटनाहरुलाई आम सर्वसाधारणको बीचमा सार्वजनिक गर्दै पीडितलाई न्याय र पीडकलाई कार्वाहीको व्यवस्था मात्रै हैन यदि यस्ता घटनाहरु मानवीय त्रुटीका कारण भएका छन्भने आम सर्वसाधारणलाई त्यस्ता त्रुटीहरुबाट जोगिन सजग बनाउने गरी चेतनाका लागि यस्ता घटना सार्वजनिक हुन जरुरी छ । मृत्यु जे सुकै कारणले भएको होस् असामान्य रुपमा भएका मृत्युको बिषयमा सर्वसाधारण तहमा जानकारी गराउँदै आगामी दिनमा हुन सक्ने असामन्य मृत्युबाट समाजलाई जोगाऔं ।