बागलुङ, १७ चैत– लायन्स क्लब अफ धौलागिरी बागलुङले लायन बर्ष २०१८÷२०१९ को लागि बसन्त कुमार श्रेष्ठलाई सर्बसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । क्लबको बैठकले प्रथम उपाध्यक्षमा राजनकुमार शाक्य, द्धितिय उपाध्यक्षमा जयराम भारी, तृतिय उपाध्यक्षमा तालबहादुर कुवँर, सचिवमा मुकेशचन्द्र राजभण्डारी, कोषाध्यक्षमा गणेश महतोलाई चयन गरेको लायन्स क्लबका अध्यक्ष शशीकपुर श्रेष्ठले बताए ।
बागलुङ उद्योग बाणिज्य संघका पुर्बअध्यक्ष समेत रहेका लायन्स क्लबका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बर्ष २०१८÷२०१९ मा बागलुङ जिल्लामा सकारात्मक र रचनात्मक काम सबैको सहयोग र समर्थनमा गर्ने बताए । ‘हामी सेवा गर्छाैं’ भन्ने उदेश्यले स्थापना भएको धौलागिरी अन्चलकै सबैभन्दा पुरानो अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया निशुल्क गरेर धेरै जनालाई संसार हेर्न सहयोग गरेको, बाढी पीडित, भूकम्प पीडितलाई सहयोग गर्दै आएको कारण अहिले बागलुङ जिल्लामा मात्रै ५ वटा लायन्स क्लब खुलीसकेका छन् ।
Previous Article२०७४ चैत १७ गते शनिबारको राशिफल
Next Article मानव सेवा आश्रमलाई पत्रकार महासंघको सहयोग