बागलुङ, १७ चैत–नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ६३ औं स्थापना दिवसको अबसर पारेर बागलुङ बजारमा रहेको मानव सेवा आश्रममा खाद्यन्न सहयोग हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व मानविय कार्यअन्तर्गत प्रत्येक बर्ष फरक–फरक खालको कार्यक्रम गर्दै आएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो स्थापना दिबस प्रभातफेरि गरेर मानव सेवा आश्रममा कार्यक्रम गरि खाद्यान्न सहयोग गरेको हो ।
चामल, नुन, तेल, दाल, लगायतका खाद्यन्न सामाग्री आश्रमका संरक्षक मनिष रायमाझीलाई नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, बागलुङ शाखाका पुर्बअध्यक्ष राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेकोमा पत्रकार महासंघलाई मानव सेवा आश्रमका संरक्षक मनिष रायमाझीले धन्यवाद दिएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्बअध्यक्ष हरिनारायण गौतम, राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, नेपाल प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्माले लगायतले पत्रकारिता सामाजिक उतरदायित्व सहितको हुनुपर्नेमा जोेड दिएका थिए । आर्थिक सर्मद्विको पक्षमा कलम चलाउनु पर्ने धारणा राख्दै बक्ताहरुले जिम्मेबार पत्रकारिता गर्न पत्रकारलाई आग्रह गरे । महासंघका जिल्ला शाखा सहसचिव सुबास आचार्यको स्वागत, महिला उपाध्यक्ष उषा पौडेलको अध्यक्षता र सचिव राम थापा अबिरलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।
म्याग्दीमा रक्तदान
नेपाल पत्रकार महासंघको ६३ आँै स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम गरि मनाईएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा बेनीमा भएको रक्तदान कार्यक्रममा १४ जना पुरुष र ६ जना महिला गरि २० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालीत रक्तसञ्चार गृह र बेनी अस्पतालको प्राबिधिक सहयोगमा क्याम्पसचोकमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, संचारकर्मी एवम अन्य रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि मानविय सेवाको क्षेत्रमा सकरात्मक सन्देश दिएको बताए ।
उनले मुलुकमा नयाँ संविधान निर्माण र सबै तहको निर्वाचन सम्पन्न भैसकेकाले विकास, समृद्धि र शुसासन कायम नै अबको मुख्य एजेन्डा भएकाले पत्रकारहरुको रचनात्मक भूमिका आबश्यक हुनेमा जोड दिए । कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले महासंघ स्थापनाको तत्कालिन अबस्थाको आबश्यकतामाथि प्रकाश पार्दै अहिले श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमकीक कार्यान्वयन र पेशागत क्षमता विकासमा महासंघको भूमिका प्रभाबकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । शाखाका कोषाध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, सहसचिव गोपाल छन्तयालको स्वागत र अर्का सहसचिब कमल खत्रीको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleलायन्सको अध्यक्षमा बसन्तकुमार श्रेष्ठ
Next Article १७ चैत २०७४, ढोरपाटन दैनिक