✍🏻 कृष्ण कुमार सैंजु
जनचेतनाको लागी म यहाँ एउटा वास्तबिक धटनाको कुरा गर्दैछु। करीब १० बर्ष पहिले को कुरा हो। त्यो दिन मेरो एस ल सी परीक्षा को नतिजा प्रकासन भएको थियो।नतिजा राम्रो भएकोले सबैजना खुसी नै थिए। बेलुकी अबिभावक संग बसेर कोक पिएर सुतेँ।मद्ध्यराती म पिसाव फेर्न शौचालय गएको थिएँ।पिसाव फेर्न सुरू गरेपछी मैले थोरै दबाव दिएर छिटै सकाएर गएर सुत्छु भन्ने सोँच बनाएर थोरै दबाव के दिएको थिएँ………….एक्कासी लामो समय मेरो पेटमा एकदमै तिइइइइसो महसूस भयो कसैले मलाई झक्झक्याई रहेको मैले थाहा पाएँ।उहाँ संगै सुत्नुभएको काका हुनुहुन्थ्यो।मैलैले सोँचेको थिएँ कि “आज कहाँबाट बेड मा पानि परेछ” बिस्तारै उठने कोसिस गर्दा त्यो त बेड नभएर मार्बल का टएल हरू पो थियो।म अचेत भएर शौचालय भित्रै पटिएको रहेछु,मेरो छेउँमा टाएल का टुक्राहरू छरिएका थिए। म एकछिन अचम्ममा परेँ। अनि म बिस्तारै “म म यहाँ कसरी ? “के यो तँलाई” काका सोद्धै हुनुहुन्थ्यो। मैले आफ्नो निधार बाट हल्का रगत बगिरहेको पाएँ।मुर्छित हुँदा वाल मा ठाक्किएर फटेको टाएल र मेरो नधर रहेछ। तेतिबेला सम्म तेहाँ वल्लो पल्लो कोठाका सबै बाहिर निस्किसकेका थिए । धटना सबिस्तार बतायपछि हामी सबै आ-आफ्नो कोठमा गयौँ। मलाई त्यो घटनाले निकै बिचल्लित बनायो र बिहनै म जनमैत्री हस्पिटल मा गएर डाक्टर लाई भेटेर सबिस्तार बताएपछी बल्ल थाहा पाएँ की त्यो धटना बाट बच्नु मेरो लागी शौभाग्य नै रहेछ…उफ….त्यो त मृगौला फेल भएको रहेछ। त्यसपछी मैले आफ्नो मृगौलाको राम्रोसंग ध्यान राख्छु। तेसैले पिसव तपाँईले भुलेर पनि यस्तो गल्ति नगर्नुस्।
परिचय:
मूत्रमार्गको संक्रमण (Urinary tract infection,UTI) एउटा सामान्य अवस्था हो जसमा मूत्रमार्गसोथ (मूत्रमार्गको संक्रमण), मूत्रशायसोथ (मूत्रशायको संक्रमण) तथा मृगौला श्रेणीको सोथ (मृगौलाको संक्रमण) पर्दछन् । यसका विशेषताहरूमा स्पष्ट देखिने लक्षणहरू तथा सम्भावित पुनरावर्ती रहेका छन् । यदि सही रूपमा उपचार नगरिएमा UTI का कारण गम्भीर परिणामहरू आइपर्न सक्छन् ।
कारण
अधिकांश संक्रमणहरू ई. कोलाइ (E.coli) नामको साधारणतया आन्द्रामा बस्ने एक प्रकारको ब्याक्टेरियाको कारणले गर्दा हुने गर्छ ।
लक्षण
लगातार पिसाब लागिरहने – हरेक पटक थोरै मात्राको पिसाब मात्र निक्लने गरि पिसाब लागिरहने पिसाब फेर्दा दुख्ने वा पोलेको महसुस हुने पिसाब अलि बाक्लो हुने र पिसाबमा रगत पनि देखिन सक्ने मूत्राशय संक्रमण सङ्केत गर्ने पेटको तल्लो भागको दुखाइ (नितम्बको अघिल्लो हाडको नजिक) ज्वरो, कम्मर दुख्ने, वाकवाकी लाग्ने तथा वान्ता आउने जस्ता लक्षणहरूले सम्भावित मृगौलाको संक्रमणलाई सङ्केत गर्छन् । किन महिलाहरू UTI को झन् बढी जोखिममा रहेका छन् ? पुरूषहरूको तुलनामा महिलाहरू UTI को झन् बढी जोखिममा रहेका छन् । यो मुख्यतः उनीहरूको जैविक संरचनामा भिन्नताको कारणले गर्दा हुन्छ:
मूत्रमार्गको लम्बाइ
पुरूषहरूको मूत्रमार्ग करिब 15 सेन्टिमिटर लामो हुन्छ भने महिलाहरूको 5 सेन्टिमिटर मात्र लामो हुन्छ । त्यसैले ब्याक्टेरिया सजिलैसँग मूत्राशाय पुग्न सक्छ र त्यसपछि मृगौला तिर बग्न सक्छ ।
यौन सम्पर्कद्वारा उत्तेजन
पुरूषको लिङ्ग प्रवेश गर्दा यसले जननाङ्गहरूमा उत्तेजना बढाउने मात्र नभएर यसले भगबाट स्त्रीको मूत्रमार्गमा ब्याक्टेरिया पनि ल्याउँछ ।मूत्रमार्गको निकास प्वाल
पुरूषको मूत्रमार्गको निकास प्वाल लिङ्गको टुप्पोमा रहेको हुन्छ भने महिलाको योनीको निकास प्वालको छेउमा रहेको भगमा हुन्छ र यो मलद्वारको नजिक पनि हुन्छ र बाह्य भगोष्ठ तथा भित्री भगोष्ठद्वारा घेरिएको हुन्छ । यदि भग फोहोर भएमा वा शौचालय प्रयोग गरिसकेपछि पुछ्दा मलद्वारबाट भग (पछाडिबाट अगाडि) तिर पुछिएको छ भने मूत्रमार्ग ब्याक्टेरियाद्वारा भग, योनी वा मलद्वारमा संक्रमित हुने सम्भावना रहन्छ।
संक्रमणको जोखिम रहने अवधिहरू
गर्भावस्था: गर्भाशय ठूलो भएर फैलिन्छ र मूत्राशायलाई थिच्छ जसले गर्दा मूत्राशाय पूर्ण रूपमा खाली हुन पाउँदैन। पिसाव को केही पिसाब थैलि मै रहन्छ । रजनोवृति: रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउँछ।
उपचार
बिरामीहरूले चिकित्सकद्वारा सिफारिस गरिए अनुसार एन्टीबायिटिकको पूरा कोर्सलाई कुनै अन्तरिम ब्रेक बिना पूरा गर्नुपर्छ अन्यथा ब्याक्टेरियाले प्रतिरोध विकास गर्न सक्छ र ब्याक्टेरियालाई पूर्ण रूपमा हटाउन अझ शक्तिशाली एन्टीबायिटिक तथा लामो समय आवश्यक पर्छ । बिरामीहरूले प्रसस्त पानी पिउनुपर्छ किनकी पर्याप्त मात्राको पिसाबले मूत्रमार्गमा ब्याक्टेरियालाई सफा गरेर बाहिर निकाल्न मद्दत गर्छ । मधुमेह तथा मूत्रमार्गमा रहेको पत्थरीबाट पीडित बिरामीहरूले UTI प्रारम्भ हुनबाट बच्नको लागि समयमै उचित उपचार गर्नुपर्छ।रोकथाम
व्यक्तिगत स्वच्छतालाई बनाइ राख्नुहोस् । शौचालय प्रयोग गरिसकेपछि भगबाट मलद्वार (अगाडिबाट पछाडि) तिर पुछ्नुहोस् ।
यौन स्वच्छतालाई कायम राख्नुहोस्, र सम्भोग पश्चात पिसाब गरेर आफ्नो मूत्राशायलाई खाली बनाउनुहोस् ।|
सुगन्ध रहने साबुन, झोल साबुन, योनी डोउच (पानी, वायु वा वाफको धारा) को प्रयोग नगर्नुहोस् ।
प्यान्टी लगायत एकदमै कस्सिएका वा हावा नछिर्ने ट्राउजरहरू नलगाउनहोस् ।
प्रसस्त मात्रामा पानी पिउनुहोस् ।
पिसाबलाई रोक्ने बानीलाई छोड्नुहोस् ।
चाडैं पत्ता लगाउन तथा उपचारको लागि सतर्क रहनुहोस् ।
कसरी हुन्छ त मृगौला खराब ? जानिराखौँ यसका बारेमा केही महत्वपूर्ण जानकारी:
१- पानी कम पिउने : तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।
२- नून बढी : खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।
३- पिसाव रोक्ने : यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।
४- गुलियो खाने बानी : यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।
५- पोषणको : अभाव शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन-ट र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।
६- मासु बढी खाने : मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ।
७- अनिद्रा : रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८- चिया कफी बढी सेवन : चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
९- पेनकिलर सेवन : टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस्। धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ।
१०-जाँड रक्सी : अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।
Previous Articleव्यवसायीक र मर्याद्रीत पत्रकारितामा जोड
Next Article २०७४ चैत १६ गते शुक्रबारको राशिफल