बागलुङ, १५ चैत– निसीखोला गांउपालिका वडा नं ७ राजकुत चोलाङमा घर आगलागी भएर बिचल्ली बनेका लुर्क बिकको परिवारलाई राहत हस्तन्तरण गरिएको छ । गत मंसिर महिनामा घरमा आगलागी हुँदा घरसहित अन्नपात, लत्ताकपडा जलेर पिडित बनेका बिकको परिवारलाई बागलुङ सेवा समाज बहराइनद्वारा पठाईएको नगद दश हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बागलुङ जिल्लाबाट बैदेशिक रोजगारीमा पुगेका युवाहरुबाट संकलित उतm रकम लुर्क बिकलाई हस्तान्तरण गरिएको संस्थाका आजीवन सदस्य टेकराज श्रेष्ठले बताए ।
बागलुङ सेवा समाज बहराईनमा आबद्ध सबै पदाधिकारीबाट रकम संकलन गरेर बिकको परिवारलाई पठाईएको समितिका महासचिब भोबबहादुर कुँवरले बताए । ‘विकसिलता सृजनशीलता बागलुङको आवश्यकता सभ्य समृद्ध समाज निर्माणमा हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ सन् २०१३ मा स्थापना भएको बागलुङ सेवा समाज बहराईन विभिन्न सामाजिक सेवामा सक्रिय संस्था हो ।
Previous Articleबेनी अस्पताल र तीनवटा स्वास्थ्य चौकीमा उपकरण सहयोग
Next Article टारीफाँट–धाराटोल मोटरबाटो निर्माण शुरु