म्याग्दी, १५ चैत– जिल्लामा स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले आवश्यक उपकरण र साम्रागी सहयोग गरिएको छ । म्याग्दी समाज न्यूयोर्कको पहलमा बेनी अस्पताल र तीनवटा स्वास्थ्य चौकीमा स्वास्थ्य साम्रागी र उपकरण सहयोग गरिएको हो । अन्नपूर्ण गाउँपालिका–५ शिख, बेनी नगरपालिका–३ भकिम्ली स्वास्थ्य चौकी, बेनी अस्पताल तथा मंगला गाउँपालिकाका स्वास्थ्य चौकीमा करिव ३ लाख बराबरको उपकरण सहयोग गरिएको समाजले जनाएको छ ।
समाजको तर्फबाट न्यूयोर्क ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजकी विद्यार्थी खुश्बु पुनले ब्लडप्रेसर जाँच गर्ने मेशिन, थर्मा्मिटर, नेबुलाईजर, माक्स, ग्लोब्स, वेटमेशिनसहितका विभिन्न एकदर्जन उपकरणहरू हस्तान्तरण गरेकी थिईन् । ग्रामिण क्षेत्रका जनतालाई घरदैलोमै पुगेर समाजले बेनी नगरपालिका, अन्नपूर्ण, मंगला गाउँपालिका र बेनी अस्पतालसंग सहकार्य गरी शिख, भकिम्ली र बावियाचौरमा सञ्चालन गरिएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा समेत आर्थिक तथा प्राविधिक सहयोग समेत गरिएको पुनले बताईन् । ‘समुदायको पहुँचमा रहेका स्वास्थ्य चौकीमा अति आवश्यक उपकरण समेत सहयोग गरिएको छ । स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर भविस्यमा पनि सहयोग गर्नेछौ’ पुनले भनिन् । उनले उपचारबाट बन्चित हुनुपर्ने अवस्थालाई मध्यनजर औषधी उपलब्ध गराइएको बताईन् ।
Previous Articleउत्तर कोरियाली शासकसँग चिनियाँ राष्ट्रपतिको ४ प्रस्ताव
Next Article आगलागी पीडितलाई राहत हस्तान्तरण