म्याग्दी, १२ चैत-जिल्लाको रघुगंगा गाउँपालीका–३ पिप्ले अक्षेतामा स्थानीय युवाहरुको पहलमा देवी मन्दिर तथा खेलकुद मैदान निर्माण गरिएको छ । सनराईज युबा क्लबको पहलमा ८ लाख ३ हजार रुपैयाँको लागतमा मन्दिर र खेलकुद मैदान निर्माण गरिएको क्लबले जनाएको छ । स्थानीयबासी ३ लाख ८० हजार बराबरको जनश्रमदानमा उक्त मन्दिर र खेलकुद मैदान निर्माण गरिएको हो । समाजमा हुने विकास निर्मण कार्यमा गाउँका युवाहरुले पनि चासो देखाउदै यूवाहरुको नै पहलमा खेल मैदान र मन्दिर निर्माणको लागी आर्थीक अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमा गाउँबासीबाट नगद ३ लाख ८५ हजार र अन्य व्यक्तिहरुबाट ७५ हजार रुपैयाँ तथा ८५० जना स्थानीयको जनश्रमदानमा निर्माण गरिएको मन्दिर र खेलकुद मैदानको सनिबार एक कार्यक्रमको आयोजना गरि प्रदेशसभा सदस्य विनोद केसीले उद्घाटन गरेका छन् । प्रमुख अतिथि केसीले गाउँमा रहेको एउटा क्लबको सक्रियतामा यस्तो कार्यहुनु सकरात्मक भएको भन्दै यस्तो अन्य क्लबले पनि देखासिकी गर्न आवश्यक रहेको बताए । ‘समाज बनाउन यूवाको भूमिका महत्वपूर्ण हुन्छ । गाउँमा सकारात्मक सन्देश प्रवाह गर्ने यूवाले गलत काम गर्नेलाई पनि सच्चाउन सक्छन्’ उनले भने ।
उनले जिल्लाको विकासका लागी आफुले राज्यको तर्फबाट पहल गर्ने बताए । जिल्ला समन्वयन समितिका प्रमुख देवेन्द्र केसीले युवाहरुले गरेको कार्यको प्रसंसा गर्दै विकास निर्माण कार्यमा जिल्ला समन्वयन समिति र युवाको सहकार्य रहने बताए । नेकपा एमालेका युवा नेता दिपक कार्कीले अब समाजमा हुने विकास निर्माणको कार्य युवाहरुको काँधमा आयमा छिटो विकास हुने बताए । क्लब अध्यक्ष जगद भण्डारीले मन्दिर र खेलकुद मैदान निर्माण गर्दा क्लबलाई ३ लाख ४३ हजार ऋण लागेको बताए । ‘हामीले पहिलोपटक यस्तो काम गरेका हाँै । यसमा क्लबलाई ऋण लागेको छ ।’ उनले भने । यो रकम पनि क्लबले जुटाएबकोे छ । मैदानमा अझै रकमको आवश्यकता रहेको क्लवले जनाएको छ । मन्दिर निर्माणमा ४ लाख ५० हजार लागको र बाँकी कार्य क्लबले सम्पन्न गर्ने उनले बताए । उद्घाटन कार्यक्रममा उपस्थित भएका अथितिहरुबाट क्लबले ५० हजार रुपैयाँ नगद आर्थीक संकलन सकेत गरेको छ । गाउँपालीका प्रमुख भबबहादुर भण्डारीले खेलकुद मैदान निर्माणका लागी करिब ३३ हजार बराबरको डोजर सहयोग गरेको क्लबले जनाएको छ । क्लब अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत ताराबहादुर भण्डारीले गरेको कार्यक्रम न्यू जेनेरेशन युवा क्लबका सचिब राम्जी भण्डारीले गरेका थिए ।
Previous Articleबालबालिकाको मुटुमा प्वाल ?
Next Article होडबाजी होइन व्यवस्थापनमा जुटौ