राजेशचन्द्र रा.भ
नेपाली उखान त्यसै बनेको हैन । १२ बर्षपछि बगिरहेको खोला पनि फर्किन्छ भनेझै बागलुङको बलेवा विमानस्थलमा २६ बर्षपछि खोला पुनः फर्किएको छ यतिबेला । बागलुङ नगरपालिकाको पहलमा नेपाल एयरलायन्स र तारा एयरलायन्सले हप्तामा एक पटक उडान गर्न राजी भएपछि बागलुङ बलेवामा हवाई सेवा पुनः शुरूवात भएको हो । यस्तो कार्यले एकपटक फेरि बागलुङबासीमा खुशीको लहर छाएको छ । हवाई सेवा उपयोग गर्न पोखरासम्म धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । सातामा दुई फ्लाइट हवाई सेवा शुरू गरिएको छ यसलाई सकारात्मक कदमको रूपमा लिन जरुरी छ । अब बागलुङदेखि बलेवासम्म पुग्ने सडक मार्गलाई नै सुधार गर्न जरुरी छ । हुन त बागलुङ सदरमुकामदेखि बलेवासम्म पुग्ने दुई वटा सडक मार्ग छन् ।
पुरानो कुश्मीशेरा सडक जुन केही किलोमिटर मात्रै कालोपत्रे भएको छ । अर्को कालिगण्डकी कोरिडोर जुन नेपाली सेनाले सडक ट्रायक खोलेको छ । बलेवासम्म जान दुई वटा सडक प्रयोग गर्न सकिन्छ तर सहज भने कालीगण्डकी कोरिडोर नै देखिन्छ । जुन सडक छोटो पनि पर्छ । बागलुङबासीको हवाई जहाज चढ्ने इच्छा भने पूरा भएको छ । आफ्नो घरआँगनबाट सहजै हवाईजहाज चढ्न पाउनु खुशीको कुरा हो । जैमनी नगरपालिका र बागलुङ नगरपालिका अनि पर्बत जिल्लाको कुश्मा नगरपालिकाका आम जनतालाई सहज बाताबरण भएको छ । तर गुनासो भनेको चाहिँ बलेवासम्म पुग्ने सडक कालोपत्रे अनि हाल तोकिएको भाडा दर कै कुरा हो । जसलाई मिलाउन जरुरी देखिन्छ । बागलुङका जनताले कुटो, कोदालो, गैची र बेल्चाले खनेर बनाएको बलेवा एअरपोर्टको छुट्टै इतिहास र पहिचान छ । त्यो हिजोको कुरा गर्दाखेरी एकादेशको कथा जस्तो लाग्छ । तर इतिहास भनेको इतिहास नै हो । त्यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने लाग्छ । अहिले जस्तो प्रबिधि त्यतिबेला थिएन जुन समयमा बागलुङका जनताले आफ्नो मेहेनत, रगत र पसिना बगाएको बलेवा एअरपोर्ट २६ बर्षसम्म अलपत्र पर्दाखेरी हिजो मेहेनत गर्नेका मन त दुखेको थियो तर अहिले घटना क्रम फेरिएको छ । एकपटक फेरि बागलुङबासीमा खुशीको लहर छाएको छ । यसलाई अब भने कायम राख्न सक्नुपर्छ । बागलुङ नगरपालिकाले एउटा जोखिम उठाउने काम गरेको छ जसलाई सबैले चुनौती र अबसरको रूपमा लिन जरुरी छ । देशमा अहिले राष्ट्रबादी सरकार बनिसकेको छ । सरकार प्रमुखमा केपी ओली छन् । बागलुङ जिल्लाबाट मात्र १५ जना माननीय सांसदहरू छन् । जसमा बलेवा क्षेत्रबाट मात्रै प्रभावशाली नेता तथा सांसद दिनानाथ शर्मा, देबेन्द्र पौडेल र डा. सुर्य पाठक छन् । जसको पहुँच पनि ठुलै छ भन्ने कुरा सबैलाई थाहा नै छ ।
अब आफ्नो क्षेत्रको विकासको लागि अब केही गरेर देखाउने बेला आएको छ । सरकारले जनताको लागि राहत दिने कुरा धेरै पटक गरेको सुनिन्छ तर ब्यबहारिक रूपमा भने त्यो भएको देखिदैन । बागलुङ प्रदेश नम्बर ४ को राम्रो पर्यटकीय गन्तव्य पनि हो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भइरहेको अबस्था छ । पोखरापछि बागलुङ राम्रो प्रदेश नम्बर ४ कै केन्द्र पनि भएको कारणले पनि यसलाई जसरी हुन्छ ब्यबस्थित गर्न जरुरी छ । जुन जोखिम नगरपालिकाले उठाउन तयार भयो । यसलाई साथ दिन बागलुङका यातायात ब्यबसायी तयार भए यसलाई राम्रो एकता मान्नुपर्छ । बल्ल आफ्नो ठाउँको विकासको लागि सबै एकजुट नभएसम्म केही हुदैन भन्ने कुरा पनि प्रमाणित भएको छ । २०४८ सालमा बागलुङबासीको यातायातको एकमात्र गन्तव्य हवाई सेवा नै थियो । बागलुङ–पोखरा सडक संजाल जोडिएपछि बन्द हुन पुगेको हवाई मैदानमा यात्रु अभावको कारण ठप्प बन्न पुगेको थियो । पछि फेरि बागलुङको हवाई मैदानलाई पुन प्रयोगमा ल्याउन धेरै प्रयास नगरिएको हैन । तर त्यो सफल भएको थिएन । कारण सडक संजाल हवाई सेवा कम्पनीलाई यात्रुको ग्यारेन्टी नभएको कारणले हो रहेछ भन्ने कुरा अहिले स्पष्ट भएको छ । देशभर स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएपछि भने केही कुरा सहज भएको महसुस जनताले गर्न थालेका छन् । बागलुङ जिल्लामा एउटा मात्रै हैन, दुई वटा बिमानस्थल छन् ।
जसमध्ये दुई वटा नै बन्द रहेको छ बागलुङ नगरपालिकामा रहेको बलेवा बिमानस्थल र ढोरपाटन नगरपालिकामा रहेको ढोरपाटन विमानस्थल हो । जसमध्ये पहिलो प्राथमिकतामा भने बागलुङको बलेवा परेकोछ जुन स्वागतयोग्य छ । यहि चैत्र २१ गतेबाट काठमाडौंदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म सिधा हवाई उडान गर्ने ब्यबस्था मिलाएको छ । पर्यटन मन्त्रालयमा हिजो नागरिक उडड्यन प्राधिकरण, बिभिन्न एयरलायन्स र मन्त्रालयका पदाधिकारीहरु बीच छलफल भएको थियो । यो व्यवस्थासंगै कर्णाली प्रदेशको हवाईमार्गको सम्बोधन हुनेछ । सरकारले बिस्तारै कामको गतिविधि अगाडि बढाएको देखिन्छ । नेपालमा दर्जनौं बायुसेवा कम्पनी छन् । सरकारले तिनीहरूलाई पहाडी जिल्लामा अनिवार्य सेवा दिनुपर्ने बाध्यता पनि बनाउन जरुरी छ । जति धेरै जिल्लामा एयरपोर्ट संचालन गर्न सक्यो त्यति धेरै पर्यटन भित्राउन सजिलो हुनेछ ।
कोही बिरामी भए उपचार गर्न काठमाडौ पुग्न हवाई सेवाले धेरै सहजता पु¥याउने नै देखिन्छ । अहिले देशको पर्यटन मन्त्रीमा रबिन्द्र अधिकारी आएका छन् । एक जना कुशल युवा नेतृत्व पनि हुन् । बागलुङको बारेमा देशको अन्य क्षेत्रको हवाई मैदान संचालन के कसरी गर्नुपर्ने हो त्यो कुरा समेत जानकार छन् । यो पनि हामीहरूको लागि सकारात्मक पक्ष हो । अहिले कायम गरिएको भाडादर एयरपोर्ट कालोपत्रे गर्ने लगायतका काम अगाडि बढाउने प्रक्रियामा पनि लाग्न जरुरी छ । तारा एयरलायन्सले तोकेको भाडा दर महंगो भएको भन्ने जन गुनासो आइरहेको छ । यसलाई पनि कसरी सम्बोधन गर्न जरुरी देखिन्छ । बागलुङबासीमा जुन उत्साह देखिएको छ यसलाई कायम राख्न बागलुङ उद्योग बाणिज्य संघ, होटल ब्यबसायी संघ, निर्माण ब्यबसायी संघ, पत्रकार महासंघ, जिल्लाका राजनीतिक दल, नागरिक समाज, यातायात ब्यबसायीदेखि सबै सरोकार राख्नेहरूले यसलाई जसरी भएपनि सफल बनाउन जरुरी देखिन्छ । हामीले खाली नकारात्मक कुरा मात्र गरेर सफल हुन सक्दैनौं । सकारात्मक सोचको विकास गर्न जरुरी छ ।
दुई चार सय भाडा महंगो भएपनि आफ्नै जिल्लाबाट हवाई जहाज चढ्ने गरौ । कतिपय मिलाउनु पर्ने कुरा भाडा समायोजनका कुरालाई पनि मिलाउदै गरौ । हामीलाई इतिहासले फेरि एकपटक मौका दिएको छ यसलाई सदुपयोग गरौ । अहिले जस लिने होडबाजीतिर नलागौ । यसमा सफल हुन आ–आफ्नो भुमिका महत्त्वपूर्ण छ । प्रमुख कुरा काम गरेर देखाउने हो । हामीले हिजोका दिनमा धेरै गफ ग¥यौ । अब ५ बर्ष काम गरेर देखाए जिल्लाको विकास हुन्छ । अहिले चलिरहेको हवाई सेवालाई निरन्तरता दिने कुरामा सबैले पहल गरौ ।