बालबालिकामा मुटुको प्वाल जन्मजात हुनेगर्छ । सयौ शिशुमा एकजनालाई मात्र हुने यस्तो समस्या प्रायः जीनको विकारका कारण हुने गर्छ । कसैकसैमा यो वंशाणुगत पनि हुन्छ । शिशुको प्रारम्भिक विकासका क्रममै देखिने यस्तो समस्यालाई ‘होल इन हार्ट’ भन्ने गरिन्छ । आमाको पेटमा जब शिशुको अंगको प्रारम्भिक विकास भइरहेको हुन्छ, त्यतिबेला नै शिशुको मुटुका विभिन्न भागको पनि विकास भइरहेको हुन्छ । त्यसक्रममा मुटुको कुनै भाग राम्ररी विकास नभएको खण्डमा शिशुको मुटुमा प्वाल देखिने गर्छ । मुटुको प्वाल विभिन्न प्रकारका हुन्छन् । मुटुको माथिल्लो भागमा पर्ने प्वाललाई एएसडी (एट्रियल सेप्टल डिफेक्ट) भनिन्छ ।
मुटुको तल्लो भागमा वा दुई च्याम्बरको बीचमा हुने प्वाललाई भीएसडी (भेन्ट्रिकुलर सेप्टल डिफेक्ट) भनिन्छ । त्यसबाहेक, मुटुका अनेक समस्याका कारण पनि बालबालिकाको मुटुमा प्वाल हुन गर्छ । मुटुमा प्वाल भएमा पेड्रियाटिक डाक्टरलाई देखाउनुपर्छ । भीएसडी (भेन्ट्रिकुलर सेप्टिक डिफेक्ट) भएमा बालबालिकाको सर्वाङ्ग विकाससँगै यो समस्या स्वतः कम भएर जान्छ । त्यस्तै, इएसडी भनेको मुटुको दुई, तीन वटा ठाउँमा हुने प्वाल हो । यस्ता प्वाल टाल्न खासै आवश्यक पर्दैन । बन्द गर्न आवश्यक मुटुको प्वाललाई चिकित्सकहरु आपन हार्ट सर्जरीद्धारा टाल्ने गर्छन् । यसका लागि मुटुको रोग विशेषज्ञसित सल्लाह लिनुपर्छ ।मुटुमा प्वाल भएको लक्षणः बच्चाको मुटुमा प्वाल छभने प्रायः दुइखालका लक्षण देखिन्छन् । पहिलो लक्षण हो, बच्चाको शरीरमा निलडाम देखिनु । मुटुको समस्या भएमा बच्चाको शरीर तथा अनुहारबाहेक जिब्रो, ओठ तथा नङ्ग पनि निलो हुने गर्छ ।
यही समस्याका कारण कयौ बच्चा पटक पटक बेहोश पनि हुन्छन् । त्यस्तै, दोश्रो थरीका बच्चामा दूध पिउन समस्या हुन्छ । दूध पिउँदा पसिना निस्कने, चाडै थकिन हुने तथा बारम्बार निमोनियाको लक्षण देखा पर्ने गर्छ । यस्ता समस्या भएमा मुटुबाट आवाज निस्कने गर्छ । दुवै अवस्थामा मुटुको प्वाल सानो भएमा यस्तो समस्या ढिलो थाहा हुन्छ । यो समस्या पत्ता लागे शल्यक्रिया तथा एन्जोप्लाष्टीद्धारा समस्याको समाधान गर्न सकिन्छ ।उपचार विधिः आधुनिक उपचार विधिद्धारा गर्भावस्थाको १८ हप्तामै फीटल इको कार्डियाग्राम गरेर यो रोग पत्ता लगाउन सकिन्छ, जसमा हार्ट अल्ट्रासाउण्ड मेसिन प्रयोग गरिन्छ । शिशुमा यदी कुनै प्रकारको विकार वा माथि उल्लेख गरिएको समस्या देखिएमा पिसाबको जाँच तथा रक्त परिक्षणद्धारा पनि यो रोग पत्ता लगाउन सकिन्छ । साथै, इकोकार्डियोग्राम, इसिजी, छातीको एक्सरेबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ । यो रोग लागेमा एंजियोप्लाष्टीद्धारा मुटुको आकार, साइज तथा गहिराई मापन गरिन्छ । त्यसपछि क्याथेटरद्धारा उक्त प्वाललाइ उपकरणद्धारा बन्द गरिन्छ । उक्त उपकरण प्रयोग गरिने प्रकृया एंजियोप्लाष्टीजस्तै हुन्छ । –एजेन्सीको सहयोगमा
Previous Articleखेमले गाए प्रेम-वियोगको गीत
Next Article देवी मन्दिर र खेलकुद मैदान निर्माण