पर्वत, ९ चैत-विनाशकारी भूकम्पले भत्काएको भवन पुनःनिर्माण नहँुदा यहाँको एक विकट गाउँको विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन् । वि.सं २०७२ को भूकम्पले भत्काएको पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा सञ्चालित आम्बरी माविको सातकोठे भवन पुनःनिर्माण नहुँदा विद्यार्थी खुल्ला आकाशमुनि बसेर पढ्न बाध्य भएका हुन् । “भूकम्पले भवन भत्कायो, अहिलेसम्म पुनःनिर्माण भएको छैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, “विद्यार्थी खुल्ला चौरमा पढाउन बाध्य छौँ । हिउँदको समयमा खुल्ला आकाशमा पढाउँदा वर्षात् शुरु हुने भएकाले पढाइमा समस्या पर्दै आएको छ ।” विद्यालय पुनःनिर्माणका लागि स्रोत केन्द्र हुँदै जिल्ला शिक्षा कार्यालयसम्म प्रस्ताव पु¥याउँदा निर्णय भने अन्यत्रै स्कूलका लागि गरिदिएको उनले गुनासो गरे ।
विद्यालयमा अहिले ३४० विद्यार्थी अध्ययनरत छन् । हावाहुरीका कारण कतिबेला भवन पल्टन्छ कुनै भर नभएको र खुल्ला चौरमा अध्यापन गराउन पनि समस्या परेको विद्यालयका प्रद्यानाध्यापक गणेश शर्मा पौडेलले बताए । भूकम्पले छियाछिया परेको भवनमा दुई वर्षदेखि अध्यापन गराउँदै आएका थियाँै हावाहुरीले थप क्षति बनाउँदा यो वर्षदेखि खुल्ला आकाशबाहेकको विकल्प छैन” –उनले भने । वर्षायाम शुरु भएकाले भवन जुनसुकै बेला पनि भत्कन सक्ने उनको भनाइ थियो ।
गाउँपालिकाका अध्यक्ष कमल भुसालले विद्यालयको अवस्था दयनीय भएकाले विद्यार्थीसमेत आन्दोलनमा उत्रेकाले पढ्न पाउनु विद्यार्थीको अधिकार उपयोग गराउन आफू संवेदनशील रहेको बताए । पहिला गाउँ सभामा भवन निर्माणमा सम्बोधन नगरेको गाउँपालिकाले आगामी गाउँ सभामा भवन निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यता, जिल्ला शिक्षा कार्यालयले चालू आर्थिक वर्षमा उक्त विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गर्न नसकिएको जनाएको छ । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले आगामी आवमा माथिबाट पनि बजेट माग गर्ने र स्थानीय तहबाट समेत बजेट विनियोजन गर्न पहल गरेर भवन निर्माण गरिने जानकारी दिए ।
Previous Articleकृषकलाई उन्नत जातका बार्खा वितरण
Next Article श्रृंखलाबद्व चोरीमा बालकको संलग्नता