बागलुङ, ९ चैत-ढोरपाटन नगरपालिकाले वडा नं. ३ सामामा गठित हरियाली कृषक समुहलाई उन्नत जातका बाख्रा बितरण गरिएको छ । बाख्रा पालनको माध्ययमबाट कृषकहरुको जीवनस्तर सुधार तथा स्तरोन्नती गर्ने र नगरपालिकालाई मासुमा अत्मनिर्भर बनाउने उद्धेश्यका साथ सञ्चालित ३ नं. वडाको कार्यक्रमअन्र्तगत सामाका हरियाली कृषक समुहमा आबद्ध रहेका ९ जना कृषकलाई ९० हजार बराबरको अनुदानमा उन्नत जातको माउ बाख्रा हस्तान्तरण गरिएको ढोरपाटन नगरपालिका वडा नं. ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगरले जानकारी दिए ।
ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, पशु शाखा प्राबिधिक प्रमुख खुमानन्द पोखरेल, पत्रकार लगायतको टोलीले सामा गाउँमै पुगेर सो कृषक समुहका चन्द्रलाल भुषाल, गंगाबहादुर कार्की, मुमलाल घिमिरे, जुद्धलाल पाण्डे, पार्वती सुनार, टेकलाल पाण्डे, छमबहादुर बोहोरा, रुपलाल घिमिरे, दिपकला पाण्डेलाई एक÷एक ओटाका दरले उन्नत जातका माउ बाख्रालाई ट्याग गरेर हस्तान्तरण गरिएको हो । सोही अबसरमा प्राविधिक प्रमुख पोखरेलले सुधारिएको खोर निर्माण गर्न कृषकहरुलाई आग्रह गरेका थिए ।
Previous Article२०७४ चैत ९ गतेशुक्रबारको राशिफल
Next Article विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य