बागलुङ, ८ चैत– नेपालकै ठुलो म्युजिक अवार्ड ‘नेपाल म्युजिक अवार्डको लागि बिभिन्न बिधामा बागलुङका दुई कलाकार उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । चाहना मिडियाले आयोजना गरेको नेपाल म्युजिक अवार्डको लागि जिल्लाको अमलाचौरका तारानाथ आचार्य र सुर्य ढकाल उत्कृष्ट पाँच जनामा छनौट भएका हुन् । आचार्य उत्कृष्ट एरेञ्जरतर्फ र ढकाल उत्कृष्ट नव मोडलतर्फ नोमिनेसनमा परेको आयोजक चाहना मिडियाले जनाएको छ । ‘मुखले ठिक्क पार्नेलाई’ लोकगीतमा उत्कृष्ट एरेञ्ज गरेको भन्दै आफुलाई नोमिनेसनको लागि छनौट गरेको आचार्यले बताए ।
यस्तै, आधुनिक गीत ‘जाति भयो तिमीलाई’मा उत्कृष्ट अभिनय गरेको भन्दै ढकाल नव मोडलका लागि नोमिनेसनमा परेका हुन् । यसअघि पनि थुप्रै अवार्डहरु जितेका आचार्य पोखरामा म्युजिक कम्पनी चलाएर बसेका छन्भने अवार्डको लागि पहिलो पटक नोमिनेसनमा परेका ढकाल मिडियाकर्मी समेत हुन् ।
भेटिङको आधारमा उत्कृष्ट एक जना छनौट हुने प्रक्रियाअन्र्तगत प्रत्येक बिधामा पाँच– पाँच जना छनौट गरेर भोटिङ प्रक्रिया सुरु गरेको आयोजकले जनाएको छ । ंअबको हाम्रो सफलता भनेको हाम्रा शुभचिन्तकमा भर पर्छ’ आचार्यले भने– ‘बागलुङका छोराहरु हौं बागलुङका आमा बुवा दाजुभाई दिदिबहिनीलाई भोटिंग गर्न आग्रह गरेका छौं ।’ आफ्नो जित वा हार दुवै बागलुङको इज्जतसँग जोडिने भन्दै उनले भोट दिएर सफल बनाउन आग्रह गरे ।
Previous Articleस्याङजा, बिसीसी र डिसिसी विजयी
Next Article बैशकी ‘उर्वशी’ गाला चाउरी परेपछि बोक्सी ?