काठमाडौँ, ५ चैत – नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ। जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।
नेपाली टिमलाई स्वागत गर्न खेलकुद मन्त्री जगत विश्वकर्मा, खेलकुद सचिव महेश प्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, खेलकुद पदाधिकारी तथा क्रिकेट फ्यान विमानस्थल पुगेका छन्। विश्वकप छनोटमा बिहीबार पपुवा न्यूगिनीलार्इ पराजित गर्दै नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो। समग्र प्रतियोगितामा भने नेपाल अाठौं भएको थियो।
देशमाथि क्रिकेट खेललाई अगाडी बढाउने जिम्मेवारी थपिएको स्वदेश फर्किएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए। आगामी दिनमा नेपाली क्रिकेटलाई उठाउन सवैले जिम्मेवारी उठाउनुपर्ने बताउँदै पारसले खेलाडीसँगै पदाधिकारी तथा देशमाथि नै आगामी दिनमा क्रिकेट कसरी हेर्ने भनेर जिम्मेवारी आएको समेत बताए।
आफूहरुले पहिलदेखि भन्दै आएको भौतिक पूर्वाधार, घरेलु क्रिकेटको संरचना तथा खेलाडीहरुको हेरचाहमा राज्य गम्भिर हुनुपर्ने पारसले भनाइ थियो।
Previous Articleउपराष्ट्रपति पुनद्वारा पद तथा गोपनीयताको शपथ
Next Article मुलुक विकासको नयाँ शिरामा – प्रधानमन्त्री ओली