काठमाडौँ, ५ चैत – नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकी हुन् ।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए ।
Previous Articleबलेवा बिमानस्थलमा परिक्षण उडान सफल
Next Article फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत